बागलुङ, ११ बैशाख २०७९ ।
जैमिनी २ का वडाध्यक्षले पनि राजिनामा दिएका छन् । बागलुङको जैमिनी नगरपालिका वडा नं २ दमेकका वडाध्यक्ष लक्ष्मी प्रसाद सापकोटाले आफ्नो पदबाट राजिनामा दिनुभएको हो ।
अब हुने चुनावमा वडाध्यक्ष पदका लागि उम्मेदवारी दिन आफूले राजिनामा बुझाएको उहाँले बताउनुभयो । वडाध्यक्ष सापकोटाले आफूले प्रयोग गर्ने छाप, लेटरप्याड लगाएतका सामग्रीहरु कार्यवाहक वडाध्यक्ष कृष्ण प्रसाद रिजाललाई हस्तान्तरण गर्नुभएको छ ।
उहाँले प्रयोग गर्ने गरेको ध १ ब २५४ नम्बरको मोटरसाइकल पनि जैमिनी नगरपालिकाको कार्यलयमा बुझाउनुभएको छ । सापकोटाले प्रयोग गर्ने मोटरसाइकल र नगरपालिकाका बुझ बुजारत सामग्री बुझाएको जैमिनी नगरपालिकाका जिन्सी शाखाका कर्मचारी पृथ बहादुर थापाले बताउनुभयो ।
सापकोटा यसअघि नेपाली कांग्रेसबाट वडा न्र २ को वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पुनः वडाध्यक्ष पदमा उम्मेदवारी दिन लागेको उहाँको भनाई छ ।
प्रतिक्रिया दिनुहाेस्