जैमिनीमा ६ जनाको उम्मेदवारी दर्ता, उप प्रमुख र वडाध्यमा स्वतन्त्र उम्मेदवारी पर्‍यो

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, ११ बैशाख २०७८ ।

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि बागलुङको जैमिनीमा ६ जनाले उममेदवारी दर्ता गराएका छन् । एक उप प्रमुख, ४ वडाध्यक्ष र १ वडा सदस्य पदका लागि उम्मेदवारी दर्ता भएको हो ।

जैमिनी नगरपालिकाको उप प्रमुख पदका लागि जैमिनी नगरपालिका वडा नम्बर ५ बिनामारेकी राष्ट्रिय जनमोर्चाकी नेतृ रुद्रा कुमारी रोका क्षेत्रीले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । जैमिनी नगरपालिकामा कार्यपालिका सदस्य रहनुभएकी क्षेत्रीले राजीनामा दिएर उप प्रमुख पदका लागि उम्मेदवारी दिनुभएको निर्वाचन अधिकृत सुर्य प्रसाद भण्डारीले जानकारी दिनुभयो ।

वडा नम्बर २ को वडाध्यक्ष पदका लागि राप्रपाका यज्ञ प्रसाद सापकोटाको उम्मेदवारी परेको छ । वडा नम्बर ६ को वडाध्यक्षका लागि राप्रपाका याम बहादुर क्षेत्री र वडा सदस्यका लागि राप्रपाका मेख बहादुर खत्री क्षेत्रीको उम्मेदवारी परेको छ ।

यस्तै वडा नम्बर ९ को वडाध्यक्षका लागि मंगोल नेशनल अर्गनाईजेसनका शहविर थापा र वडा नम्बर ३ को वडाध्यक्ष पदका लागि कृष्ण बहादुर पाण्डेले स्वतन्त्र उमेद्वारी दर्ता गराएको निर्वाचन अधिकृत भण्डारीले जानकारी दिनुभयो ।

जैमिनीमा गठबन्धनका कारण सत्ता साझेदार दल उम्मेदवारी दिन नआएपनि अन्य पार्टीहरुको समेत उम्मेदवारी दिन नआएकाले भोलि उम्मेदवारी दर्तामा चाप बढ्ने देखिएको छ ।

अहिले दशैभर भएको पाँच दलीय गठबन्धनले बागलुङमा नगर र गाउँपालिकामा भागवण्डा टुङ्गो लगाएको छ । जसमध्ये जैमिनीमा नगर प्रमुख राष्ट्रिय जनमोर्चाले पाएको छ भने उप प्रमुख नेपाली कांग्रेसले पाएको छ । आफ्नै पार्टीले नगर प्रमुख पाउँदा पाउँदै क्षेत्रीकोे किन उप प्रमुखमा स्वतन्त्र उम्मेदवारी पर्‍यो भन्ने विषयलाई गठबन्धनका नेताहरुले चासोका साथ हेरेका छन् ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो