जैमिनीमा पुरुष भन्दा महिला मतदाता बढि, कुन वडामा कति ? हेर्नुहोस् वडाको विवरण

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, १० बैशाख २०७८ ।

जैमिनीमा पुरुष भन्दा महिला मतदाता बढि देखिएका छन् । नगरपालिकाको दश वटै वडामा पुरुष भन्दा महिला मतदाता बढि देखिएका हुन् ।

नगरपालिका भरका २४ हजार सात सय ११ मतदाता रहेकोमा पुरुष मतदाताको संख्या १२ हजार ७० र महिला मतदाताको संख्या १२ हजार ६ सय ४१ जना रहेका छन् ।

जैमिनी नगरपालिकाका १० वटा वडामध्ये सबैभन्दा धेरै मतदाता वडा नं ८ छिस्तीमा रहेका छन् । छिस्तीमा महिला १ हजार ८ सय १० र पुरुष १ हजार ७ सय ५२ गरी कुल ३ हजार ५ सय ६२ मतदाता रहेका छन् । वडा नं ८ भुगोलको हिसाबले पनि ठुलो भएको र मतदाता संख्या पनि धेरै भएका कारण दुई वटा मतदान स्थल तोकिएको सहायक निर्वाचन अधिकृत जगत भण्डारीले जानकारी दिनुभयो । छिस्तीमा दुई वटा मतदान स्थलमा चार वटा मतदान केन्द्र रहनेछ ।

यस्तै वडा नं ६ अर्जेवामा सबैभन्दा थोरै मतदाता रहेका छन् । अर्जेवामा ८ सय ३७ महिला र ७ सय ६५ पुरुष गरी जम्मा १ हजार ६ सय २ जना मतदाता रहेको निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ । अर्जेवामा एक मतदान स्थलमा दुई मतदान केन्द्र रहेको छ ।

जैमिनी नगरपालिकाको केन्द्र समेत रहेको वडा नं १ कुश्मिसेरामा १ हजार ३ सय ७६ महिला र १ हजार २ सय ४४ पुरुष गरी कुल २ हजार ६ सय २०, वडा नं २ दमेकमा महिला १ हजार १ सय ९२ र पुरुष १ हजार १ सय ४४ जना सहित कुल २ हजार ३ सय ३६, वडा नं ३ उपल्लो दमेकमा ९ सय १३ महिला र ८ सय पुरुष सहित १ हजार ७ सय १३ मतदाता रहेको निर्वाचन कार्यलयले जनाएको छ ।

यस्तै वडा नं ४ सर्कुवामा ९ सय ९३ महिला र ९ सय ८५ पुरुष गरी १ हजार ९ सय ७८, वडा नं ५ बिनामारेमा १ हजार ४ महिला र ९ सय ८९ पुरूष गरी १ हजार ९ सय ९३ मतदाता रहेका छन् । वडा नं ७ जैदीमा १ हजार ६ सय २ महिला र १ हजार ६ सय ३१ पुरुष गरी ३ हजार ३ सय ३, वडा नं ९ पैञ्युँथन्थापमा १ हजार ३ सय ८२ महिला र १ हजार ३ सय ७० पुरुष गरी २ हजार ७ सय ५१ र वडा नं १० राङ्खानीमा १ हजार ४ सय महिला र १ हजार ३ सय ९० गरी कुल २ हजार ८ सय ५३ जना मतदाता रहेको सहायक निर्वाचन अधिकृत जगत भण्डारीले बताउनुभयो ।

यहि बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । निर्वाचनका लागि आइतबार र सोमबार उम्मेदवार दर्ताको समय तोकिएको छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो