जैमिनी मतगणना अपडेटः वडा नं १ काे ८०० मत गनियाे, कसले मार्ला बाजी ?

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, ३ जेठ २०७९ ।

बागलुङकाे जैमिनी नगरपालिका १ नं वडाकाे ८ सय मतगणना भएकाे छ । कुल १ हजार ५ सय १८ मत मध्ये साँढे ६ बजेसम्म ८ सय मत गणना भएकाे हाे । ८ सय मतगणना हुँदा गठबन्धनकाे प्यानल नै अगाडि देखिएकाे छ ।

१० वटा वडा रहेकाे जैमिनीमा वडा नं १० बाट मतगणना सुरू गरिएकाे थियाे । अहिलेसम्म ९ वटा वडाकाे मतगणना हुँदा ५ दलीय गठबन्धनकाे नगर प्रमुख पदका साझा उम्मेदवार नर बहादुर पुन लाइ गिलास चिन्हमा ७ हजार ७ सय ८६ मत प्राप्त भएकामे छ भने निकटतम प्रतिद्वन्दी एमालेका उम्मेदवार लिला रानाकाे सुर्य चिन्हमा२ हजार ५ सय ८६ मत प्राप्त भएकाे छ । यस्तै राप्रपाका उम्मेदवार निर्मला सापकाेटाले हलाे चिन्हमा १ सय ५८ मत प्राप्त गर्दा नेपाली कांग्रेस (विपी) का उम्मेदवार काशिराम आचार्यले करुवा चिन्हमा १ सय ५६ मत प्राप्त गर्नुभएको छ ।

यस्तै नगर उप प्रमुख पदका लागि गठबन्धनका उम्मेदवार हरिहर शर्माले रूख चिन्हमा ७ हजार ९ सय ६६ र निकटम प्रतिद्वन्दी एमालेका उम्मेदवार उषा पाैडेलले सुर्य चिन्हमा २ हजार ४ सय २२ मत ल्याउनुभएकाे छ । राप्रपाका उम्मेदवार चिना केसीले हलाे चिन्हमा ९ वटा वडाबाट कुल १ सय ५० मत प्राप्त गर्नुभएकाे छ ।

यस्ताे छ जैमिनी १ काे २ सय गणना हुँदाकाे मत परिणाम

नगर प्रमुख
नर बहादुर पुन (गिलास):- ५२१
लिला राना(सुर्य):- १५०
काशिराम आचार्य ( करुवा):- ५९
निर्मला सापकाेटा (हलाे):- ११

नगर उपप्रमुख
हरिहर शर्मा (रुख):- ६३७
उषा पाैडेल(सुर्य):- ११७
चिना के. सि. (हलाे):- ९

वडा अध्यक्ष
गठवन्धन (रूख): ६३७
एमाले (सुर्य ): १२४
राप्रपा(हलो): ९

महिला सदस्य
गठवन्धन :-६१८
एमाले सुर्य :- १३०

दलित महिला सदस्य
गठवन्धन :- ५९९
एमाले सुर्य : ११८

खुल्ला सदस्य (एउटा चिन्ह)
गठवन्धन :- ५४७
एमाले (सुर्य) : ११६

खुल्ला सदस्य (दुई चिन्ह)
गठवन्धन :- ५२८
एमाले सुर्य :२७७


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसबुकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

मामाघर अनाथालय आश्रमको सामाजिक लेखा परिक्षण तथा आयव्यय विवरण सार्वजनिक

रुघाखोकी लाग्दैमा जथाभाबी औषधि खाँदा थप समस्या निम्तिन सक्ने