जैमिनी नगर प्रमुख पदमा पुन र उप प्रमुखमा शर्मा विजयी, ५८ सय बढिकाे मतान्तर

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, ३ जेठ २०७९ । 

जैमिनी नगरपालिकाकाे नगर प्रमुख पदमा नर बहादुर पुन र उप प्रमुखमा हरिहर शर्मा विजयी हुनुभएकाे छ । मंगलबार राति सवा ९ बजे सम्पन्न मतगणनाकाे नतिजा अनुसार ५ दलीय गठबन्धनका साझा उम्मेदवार राष्ट्रिय जनमाेर्चाका पुन र नेपाली कांग्रेसका शर्मा विजयी बन्नुभएकाे हाे ।

नगर प्रमुखमा निर्वाचित नर बहादुर पुनले कुल ८ हजार ७ सय ५५ र उप प्रमुखमा निर्वाचित हरिहर शर्माले ९ हजार १ सय ७३ मत प्राप्त गर्नुभएकाे छ । यस्तै निकटतम प्रतिद्वन्दी नेकपा एमालेकाे नगर प्रमुखका उम्मेदवार लिला रानाले २ हजार ८ सय ७३ मत प्राप्त गर्नुभएकाे छ भने उप प्रमुखका उम्मेदवार एमालेका उषा पाैडेलले २ हजार ६ सय ३६ मत प्राप्त गर्नुभएकाे जैमिनी नगरपालिकाका निर्वाचन अधिकृत सुर्य प्रसाद भण्डारीले जानकारी दिनुभयाे ।

१० वटा वडा रहेकाे जैमिनी नगरपालिकामा कुल १३ हजार ५ सय ६५ मत खसेकाे थियाे ।  जसमध्ये नगर प्रमुखका उम्मेदवार पुन र राना विच ५ हजार ८ सय ८२ मतान्तर रहेकाे छ भने उप प्रमुखकाे उम्मेदवार शर्मा र पाैडेल विच ६ हजार ५ सय ३७ मतान्तर रहेकाे छ ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका नगर प्रमुख उम्मेदवार निर्मला सापकाेटाले १ सय ७३ मत प्राप्त गर्दा नेपाली कांग्रेस (विपी)का नगर प्रमुखका उम्मेदवार काशिराम आचार्यले २ सय ८६ मत प्राप्त गर्नुभएकाे छ । यस्तै राप्रपाका नगर उप प्रमुख चिना केसीले १ सय ६४ मत प्राप्त गर्नुभएकाे छ ।

जैमिनी नगरपालिकाकाे वडा नं १ मा नेपाली कांग्रेसका विष्णु आचार्य, वडा नं २ मा नेपाली कांग्रेसका प्रेम प्रसाद सापकाेटा, वडा नं ३ मा नेकपा माओवादी केन्द्रका कृष्ण भुजेल, वडा नं ४ मा नेकपा एकिकृत समाजवादीका चक्र थापा, वडा नं ५ मा नेपाली कांग्रेसका ठग बहादुर क्षेत्री थापा, वडा नं ६ मा नेकपा माओवादी केन्द्रका कृष्ण बहादुर थापा, वडा नं ७ मा नेपाली कांग्रेसका केन्द्र बहादुर सुनार, वडा नं ८ मा नेपाली कांग्रेसका विमल श्रीस, वडा नं ९ मा नेकपा एमालेका सन्दिप थापा । वडा नं १० मा श्री प्रसाद थापा विजयी हुनुभएको छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो