मतगणना अपडेटः जैमिनी १ काे २ सय मतगणना गरियाे, कसकाे अग्रता छ ?

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, ३ जेठ २०७९ । 

बागलुङकाे जैमिनी नगरपालिका १ नं वडाकाे २ सय मतगणना भएकाे छ । कुल १ हजार ५ सय १६ मत मध्ये साँढे ३ बजेसम्म २ सय मत गणना भएकाे हाे । २ सय मतगणना हुँदा गठबन्धनकाे प्यानल नै अगाडि देखिएकाे छ ।

१० वटा वडा रहेकाे जैमिनीमा वडा नं १० बाट मतगणना सुरू गरिएकाे थियाे । अहिलेसम्म ९ वटा वडाकाे मतगणना हुँदा ५ दलीय गठबन्धनकाे नगर प्रमुख पदका साझा उम्मेदवार नर बहादुर पुन लाइ गिलास चिन्हमा ७ हजार ७ सय ८६ मत प्राप्त भएकामे छ भने निकटतम प्रतिद्वन्दी एमालेका उम्मेदवार लिला रानाकाे सुर्य चिन्हमा२ हजार ५ सय ८६ मत प्राप्त भएकाे छ । यस्तै राप्रपाका उम्मेदवार निर्मला सापकाेटाले हलाे चिन्हमा १ सय ५८ मत प्राप्त गर्दा नेपाली कांग्रेस (विपी) का उम्मेदवार काशिराम आचार्यले करुवा चिन्हमा १ सय ५६ मत प्राप्त गर्नुभएको छ ।

यस्तै नगर उप प्रमुख पदका लागि गठबन्धनका उम्मेदवार हरिहर शर्माले रूख चिन्हमा ७ हजार ९ सय ६६ र निकटम प्रतिद्वन्दी एमालेका उम्मेदवार उषा पाैडेलले सुर्य चिन्हमा २ हजार ४ सय २२ मत ल्याउनुभएकाे छ । राप्रपाका उम्मेदवार चिना केसीले हलाे चिन्हमा ९ वटा वडाबाट कुल १ सय ५० मत प्राप्त गर्नुभएकाे छ ।

यस्ताे छ जैमिनी १ काे २ सय गणना हुँदाकाे मत परिणाम 

नगर प्रमुख
नर बहादुर पुन (गिलास):- १३५
लिला राना(सुर्य):- ३०
काशिराम आचार्य ( करुवा):- २१
निर्मला सापकाेटा (हलाे):- ३
नगर उपप्रमुख
हरिहर शर्मा (रुख):- १७०
उषा पाैडेल(सुर्य):- २०
चिना के. सि. (हलाे):- ३
वडा अध्यक्ष
गठवन्धन (रूख): १६५
एमाले (सुर्य ): २४
राप्रपा(हलो): ३
महिला सदस्य
गठवन्धन :-१६३
एमाले सुर्य :- २२
दलित महिला सदस्य
गठवन्धन :- १५८
एमाले सुर्य : २३
खुल्ला सदस्य (एउटा चिन्ह)
गठवन्धन :- १४३
एमाले (सुर्य) : २८
खुल्ला सदस्य (दुई चिन्ह)
गठवन्धन :- १३४
एमाले सुर्य :७४


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो