जैमिनीका शाखा अधिकृत भुषालको विदाई, नव आगन्तुक कर्मचारीहरुलाई स्वागत

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, ३१ साउन २०७९ ।

विगत तीन बर्ष देखि बागलुङको जैमिनी नगरपालिकामा कार्यरत शाखा अधिकृत छविलाल भुषालको एक कार्यक्रम विच विदाई गरिएको छ । उमेरहदका कारण अनिवार्य अवकास हुनुभएका उहाँलाई सोमबार विदाई गरिएको हो ।

समायोजन पछि जैमिनी नगरपालिकामा आउनुभएका भुषालले जैमिनी नगरपालिकाका सहित पर्वतको फलेवास नगरपालिका, जिल्ला वन कार्यालय म्याग्दी, हुलाक कार्यालय मुस्ताङ, म्याग्दी र पर्वत समेत गरी २४ बर्ष ८ महिना २ दिन सरकारीे सेवा गर्नुभएको थियो । पर्वतको फलेवास नगरपालिका निवासी भुषालले पालिका अन्तर्गतका शाखा र कर्मचारीका साथै जनप्रतिनिधीसँग समन्वय गरेर काम गर्दा सहज भएको बताउनुभयो । आफ्नो सीप र अनुभवलाई पालिकाको कार्य सम्पादनमा सक्दो प्रयोग गरेको भन्दै भुषालले काम गर्दा सबैको सहयोग भएकाले आफ्नो सेवाकालिन समय सम्झनायोग्य रहेको बताउनुभयो ।

बिदाई कार्यक्रममा जैमिनी नगरपालिकाका नगरप्रमुख नर बहादुर पुनले अनुभवी कर्मचारीलाई बिदाई गर्नुपर्दा नरमाइलो लागेको भएता पनि नीति नियम अनुसार चल्नुपर्ने भएको हुँदा संदैव उहाँको अभाव महशुस हुने बताउनुभयो । नगरपालिकामा आवश्यकता परेमा भुषालको अनुभवको समेत आवश्यकता हुने भन्दै उहाँले कर्मचारी र जनप्रतिनिधी बिच समन्वय गरी काम गर्न सकेको खण्डमा मात्र पालिकाले निर्धारण गरेको लक्ष्य प्राप्ती हुने हुदाँ समन्वय गरेर काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँको बाँकी जीवनको थप सफलताको कामना गर्दै प्रमुख पुनले आगामी दिनमा पनि सहयोगको आशा रहेको बताउनुभयो ।

यस्तै जैमिनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानराज कोइरालाले कार्यालयमा रहदाँ भुषालले दिनुभएको योगदानको संदैव सम्झना हुने भन्दै आगामी दिनमा पनि आवश्यक समन्वय गर्ने बताउनुभयो । उहाँले निवृत्त जीवन कम बोझ हुने भएकाले भुषालको अबका दिनमा पारिवारिक मेलमिलाप सहित उल्लासमय जीवनको शुभकामना व्यक्त गर्नुभयो ।

सोहि कार्यक्रमको अवसरमा नगरपालिकामा स्थायी दरवन्दीमा आएका र करारमा नियुक्त भएका कर्मचारीहरुलाई स्वागत गरिएको थियो । केहि समय अघि नै नगरपालिकामा आएका र यसअघि औपचारिक कार्यक्रम गरी स्वागत नगरिएका कर्मचारीहरुलाई स्वागत गरिएको नगरपालिका श्रोतले जनाएको छ । कार्यक्रममा भुषालको विदाई सँगै सूचना प्रविधि अधिकृत विवेक थापा मगर, अनमी विष्णु सापकोटा, नायब पशु सेवा प्राविधिक कमल प्रसाद भट्ट, नायब पशु स्वास्थ्य प्राविधिक मदन घिमिरे, नायव कृषि प्राविधिक सहायक मनोज राना र सव इञ्जिनियर सावित्रा पौडेललाई स्वागत गरिएको थियो ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो