एक महिलाले झन्डै सात किलोको शिशु जन्माइन्, आमाको अवस्था सामान्य

याे सामग्री सेअर गर्नुहाेस्

काभ्रेपलाञ्चोक, २ असोज २०७९ ।

काभ्रेपलाञ्चोकको धुलिखेल अस्पतालमा सिन्धुपाल्चोककी एक महिलाले करिब सात किलोग्रामको शिशुलाई जन्म दिनुभएको छ । सिन्धुपाल्चोक तातोपानीकी ३५ वर्षीया महिलालाई बिहीबार साँझ करिब ७ बजे धुलिखेल अस्पताल भर्ना गरिएको थियो ।

यद्यपि, छ केजी ६६० ग्रामको शिशुको जन्म भए पनि बचाउन नसकिएको धुलिखेल अस्पतालले जनाएको छ । धुलिखेल अस्पतालका स्त्रीरोग विशेषज्ञ डा. सुमराज ताम्राकारका अनुसार यति ठूलो तौलको शिशु जम्माउनु नेपालमा मात्रै नभई विश्वकै विरलै घटना हुन सक्छ । उहाँले सामान्य रूपमा बच्चा जन्मने सङ्केत नदेखिएपछि अस्पालका स्वास्थ्यकर्मीले शल्यक्रिया (अप्रेसन) मार्फत बच्चा निकाल्ने तयारी गर्दागर्दै बच्चाको टाउको बाहिर निस्किएपछि शल्यक्रिया गर्न नसकिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “प्रसूति बेथा लागेको महिला अस्पताल ल्याउनुअघि नै बच्चाको अस्वाभाविक तौलका बारेमा जानकारी दिइएको भए शल्यक्रियाका लागि अस्पतालमा स्वास्थ्यकर्मी तयारी अवस्थामा राख्न सकिने थियो । शिशुलाई बचाउन पनि सकिन्थ्यो ।” आजको गोरखापत्रमा खबर छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो