पाेखरा, १ माघ २०७९ ।
७२ जना सवार यति एअरलाइन्सको विमान पोखरामा दुर्घटना भएकाे छ । बिहान १० बजेर ३३ मिनेटमा काठमाण्डौबाट पोखराका लागि उडेकाे यति एअरलाइन्सकाे बिमान पोखरा विमानस्थलमा अवतरणका क्रममा विमान दुर्घटनामा परेको हो ।
जहाजमा ६८ जना यात्रुसहित चार जना चालक दलका सदस्य गरी ७२ जना रहेका छन्। । खोलामा खसेको विमान आगोले जलिरहेको छ । कास्कीका प्रहरी उपरीक्षक अजय केसीले अहिले पनि आगो निभाउने प्रयास चलिरहेको जानकारी दिनुभयो । विमान दुर्घटनामा ३२ जनाको शव निकालिएको छ ।
पोखरामा आइतबार दुर्घटनामा परेको ९एन-एएनसी जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक अवतरण गरेको जहाज रहेकाे बताइएकाे छ । २२ डिसेम्बरका दिन पोखराको पुरानो विमानस्थलबाट नयाँ विमानस्थलमा डेमो उडान गरिएको थियो । सो क्रममा यतिको यसै जहाजले डेमो उडान गरेको थियो । आज जहाज उडाइरहेका क्याप्टेन कमल केसी समेत अनुभवी पाइलट हुनुहुन्छ । दुर्घटनाकाे थप विवरण आउन बाँकी छ ।
प्रतिक्रिया दिनुहाेस्