जैमिनी मेलाको मुल समारोह आज, गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीले उद्घाटन गर्ने

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, १ माघ २०७९ ।

जैमिनी मेलाको आज मुल समारोह उद्घाटन हुदैछ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज मुल समारोहको उद्घाटन गर्न लाग्नुभएको हो ।

माघेसक्रान्तिको अवसरमा अहिले बिहान जैमिनीघाटमा विशेष पुजाआजा सहित कुश्मिसेरासम्म पदयात्रा कार्यक्रम हुदैछ । पवित्र कालिगण्डकी नदीको तीरमा अवस्थित जैमिनी ऋषिको तपोभूमि जैमिनीघाटमा स्नान सहित तोरण तार्ने कार्यक्रम समेत तय गरिएको कार्यक्रमको समन्वयकर्ता जैमिनी संकीर्तन समुहका अध्यक्ष संगम क्षेत्रीले जानकारी दिनुभयो ।

सहारा क्लव कुश्मिसेराको आयोजनामा भएको मेलाको तेस्रो दिन आज विविध झाँकी सहित साँस्कृतिक कार्यक्रम हुने छ । “स्थानीय कला संस्कृति तथा खेलकुदको सम्बर्द्धन, कृषि उद्योग, व्यापार तथा पर्यटनको प्रवर्द्धन” भन्ने नारा सहित सञ्चालित मेलामा आज हेमन्त शर्मा, बिनु क्षेत्री, दिपक थापा, जगत गौडेलले सांगितीक प्रस्तुति राख्ने कार्यक्रम छ । मेलाको अवसरमा आज नृत्यङ्गना (डान्सर) सिर्जना गुरुङको पनि प्रस्तुति रहने छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो