जैमिनीमा १७ हजार भन्दा बढीलाई हात्तिपाइले रोग विरुद्धको औषधि खुवाइयो

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, १४ फागुन २०७९ ।

बागलुङको जैमिनीमा अहिलेसम्म १७ हजार भन्दा बढीले हात्तिपाइले रोग विरुद्धको औषधि सेवन गरेका छन् । बुधबार देखि शनिबारसम्म जैमिनीका १७ हजार १ सय ७६ जनाले हात्तिपाइले रोग विरुद्धको औषधि सेवन गरेका हुन् ।

शनिबार २ हजार १ सय ४३ जनालाई औषधि खुवाइएको जैमिनी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गोविन्द प्रसाद आचार्यले जानकारी दिनुभयो । यसअघि बुधबार र बिहिबार विद्यालय र बुथमा गरेर १० हजार ८ सय २२ जनाले औषधि खाएकोमा शुक्रबार घरभेट गरेर थप ४ हजार २ सय ११ जनालाई औषधि खुवाइएको थियो ।

बागलुङ जिल्लामा अहिले १४ औं पटक हात्तिपाइले रोग विरुद्धको आम औषधि अभियान चलिरहेको छ । सामान्यतया ६ पटक औषधि सेवन गरेपछि हात्तिपाइले निवारण हुनुपर्ने भएपनि जिल्लामा सबैले औषधि सेवन नगरिदिँदा यो रोग निवारण हुन सकेको छैन । यो बर्ष अन्तिम पटक हुनेगरी सबैले औषधि सेवन गर्न स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसबुकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार