एक जना यात्रुले मास्क लगाउन नमानेपछि जहाज गन्तव्यमा नपुगी आकासबाटै फर्कियो

याे सामग्री सेअर गर्नुहाेस्

अमेरिका, ७ माघ २०७८ ।

अमेरिकाबाट बेलायतको लागि उडेको एउटा विमान एक जना यात्रुले मास्क लगाउन नमानेपछि उडानकाे बीचबाटै फर्किएको छ । फ्लोरिडाको मियामी सहरबाट लन्डन गइरहेको अमेरिकी एअरलाइन्सको जहाजमा रहेका एक जना यात्रुले मास्क लगाउन नमान्दा विमान नै फर्काएको समाचारसंस्था सीएनएनले जनाएको छ ।

बोइङ ७७७ जहाजमा एक सय २९ जना यात्रु रहेका थिए । परिचारिकाले मास्क लगाउन पटक पटक आग्रह गर्दा पनि एक जना यात्रुले मास्क लगाउन अस्वीकार गरेपछि मध्य आकासबाटै जहाज फर्काउनुपरेको एअरलाइन्सले विज्ञप्ति निकालेर जानकारी गराएको छ । विमान फर्किएर उडान भरेकै विमानस्थलमा अवतरण गरेपछि मास्क लगाउन अस्वीकार गर्ने यात्रुलाई प्रहरीले पक्राउ गरेको छ ।

अमेरिकन एयरलाइन्सले मास्क लगाउन नमान्ने यात्रुलाई आउँदा दिनमा आफ्ना कुनै पनि उडानमा सेवा नदिने बताएको छ । अमेरिकामा उडानहरुमा कोभिड नियम पालनालाई अत्यन्त्यै कडाई गरिएको छ । उज्यालाे अनलाइनबाट साभार


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार