रूसले भन्याे स्वीडेन र फिनल्यान्ड पनि नेटोमा आबद्ध नहुनु

याे सामग्री सेअर गर्नुहाेस्

एजेन्सी

काठमाडाैं, २९ चैत २०७८ ।
स्वीडेन र फिनल्यान्ड पनि नेटोमा आबद्ध नहुन रूसले आग्रह गरेकाे छ ।

रुसले स्वीडेन र फिनल्यान्डलाई पश्चिमा सैन्य सङ्गठन नेटोमा सामेल नहुन आग्रह गरेको हाे । रूसले स्वीडेन र फिनल्यान्ड नेटोमा सामेल भए युरोपमा स्थायित्व नआउने चेतावनी दिएको बीबीसीले जनाएको छ ।

नेटो सङ्गठन रुससहित विभिन्न देशमा अस्थिरता निम्त्याउने माध्यमका रुपमा रहेको रुसी राष्ट्रपति कार्यालयका प्रवक्ता दिमित्री पेस्कोभले आरोप समेत लगाउनुभएको छ ।

रुसले गएको फेब्रुअरी २४ देखि युक्रेनमा आक्रमण गर्दै आएको छ । युक्रेन नेटोमा सामेल हुन नहुने रुसको मुख्य माग छ। आउँदो जुनको सुरुमा  स्वीडेन र फिनल्यान्डको नेटो सदस्यबारे छलफल हुने सम्भावना देखिएकाे बताइएकाे छ ।

तर रुसले युक्रेनमा गरेको आक्रमणपछि फिनल्यान्ड र स्वीडेनमा नेटोमा सामेल हुने पक्षमा जनमत बढ्दो छ । सन् १९४९ मा सोभियत विस्तार खतराको सामना गर्न नेटोको गठन भएको थियो।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो