काठमाण्डौ, १३ जेठ २०८१ ।
नेपाली कांग्रेसको नाराबाजी र होहल्लाकै बीच आउँदो आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम संसदबाट पारित भएको छ । यही जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आउँदो वर्षको नीति तथा कार्यक्रम आज सामान्य छलफलपछि प्रतिनिधिसभाबाट पारित भएको हो ।
त्यसअघि नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पर्सि १५ गतेसम्म सदनको अवरोध हट्नेगरी छलफल भइरहेको बताउनुभएको थियाे । सत्तापक्षले बहुमतकाे दम्ब देखाएर संसदमा प्रतिपक्षकाे कुरा नसुनेकाे प्रतिपक्षी दलहरूले आराेप लगाएका छन् ।
फेसबुकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।
प्रतिक्रिया दिनुहाेस्