जैमिनीमा फेरी अर्काे घटनाः दमेकमा श्रीमानले कोदालाले हान्दा श्रीमती गम्भीर घाइते

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, १८ फागुन २०७९ ।

बागलुङको दमेकमा श्रीमानले कोदालाले हान्दा श्रीमती घाइते भएकी छन् । जैमिनी नगरपालिका २ दमेक बनहुँ निवासी अन्दाजी ४५ बर्षीय केशव नेपालीले अन्दाजी ३६ बर्षीय श्रीमती राधा नेपालीलाई कोदालाले हानेर घाइते बनाएका हुन् ।

बिहिबार बारीमा आलु खन्ने क्रममा उनले कोदालोले श्रीमतीको टाउकोमा हानेर घाइते बनाएको जिल्ला प्रहरी कार्यलय बागलुङले जनाएको छ । घाइते राधालाई उपचारको लागि धौलागिरी अस्पताल बागलुङ लगिएको र उनको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।

कोदालाले हानेपछि केशवले झुण्डिएर आत्महत्या गर्न खोजेका थिए । झुण्डिएको अवस्थामा उनका भाउजुले फेला पारेर उनलाई उद्दार गरिएको छ । केशवको अवस्था जटिल रहेको र उपचारका लागि बागलुङ लागिदैँ छ । घटनाको बारेमा थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो