जैमिनीमा मेलमिलाप कर्ताकाे तालिम चल्दै, न्यायिक निरुपणमा टेवा पुग्ने आशा

याे सामग्री सेअर गर्नुहाेस्

सन्ध्या आचार्य
बागलुङ, १८ फागुन २०७९ ।

बागलुङको जैमिनी नगरपालिकामा मेलमिलाप कर्ताहरुको लागि आधारभूत तालिम सञ्चालन भएको छ । न्यायिक समितिका पदाधिकारीहरु सहित नयाँ मेलमिलापकर्ताहरुको लागि ४८ घण्टे तालिमको आयोजना भएको हो ।

जैमिनी नगरपालिकाको आयोजना र शान्तिका लागि समग्र विकास संस्थाको समन्वयमा प्रत्येक वडाबाट ३ जनाका दरले ३३ जना र ३ जना न्यायीक समितिका पदाधिकारीहरु सहितलाई ८ दिवसीय आधारभूत तालिम सञ्चालन गरिएको जैमिनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले जानकारी दिनुभयो । मेलमिलाप कर्ताहरुलाई समाजमा हुने सानातिना घटनाहरुको सहज तरिकाबाट कसरी मेलमिलाप गराउने ? कानुनी पाटाहरु के कस्ता छन् ? न्याय निरुपणका मापदण्ड र आधारहरु के के हुन् लगाएतका विषयमा ज्ञान दिइने छ ।

मेलमिलाप तालिम लिएर वडामा सुचिकृत भएपछि वडामा हुने स–साना बेमेलहरुको मेलमिलाप गराउन सकिने भएकाले जैमिनीमा न्यायिक निरुपणमा यो तालिमले टेवा पुराउने सहभागीहरुले अपेक्षा राखेका छन् । फागुन १६ गते मंगलबारबाट सुरु भएको तालिम २३ गतेसम्म सञ्चालन हुने छ । तालिममा विद्या नागिला र राजेश खनालले सहजिकरण गरिरहनुभएको छ ।

तालिमको अवसरमा जिल्ला अदालत बागलुङका श्रेस्तेदार सुर्य प्रसाद भण्डारीले मेलमिलाप गराउन चलन नयाँ नभएर पुरानै भएको भन्दै यसमा कानुनी मान्यता पाउनका लागि नै तालिम प्रदान गरिने बताउनुभयो । न्यायिक समितिले दिने न्याय बैधानिक हुने हुँदा त्यसका लागि तालिम र ज्ञान आवश्यक पर्ने उहाँको भनाई छ ।

कार्यक्रममा जैमिनी नगरपालिकाका नगर प्रमुख नर बहादुर पुन, उप प्रमुख हरिहर शर्मा र प्रमुख प्रशासकीय अधिृकृत चेतनाथ गिरीले न्याय दिँदा दुवै पक्षलाई सहज हुनेगरी दिनुपर्ने भएकाले यसको लागि तालिम र ज्ञान आवश्यक रहेको बताउनुभयो । जैमिनी नगरपालिकाका नागरिकहरुको लागि न्याय निरुपण गर्ने ठाउँ जैमिनी नगरपालिका नै भएकाले यहाँका नागरिकहरुको समस्यालाई समाधान गर्न पनि न्यायिक समिति क्रियाशिल हुनुपर्ने उहाँहरुको भनाई छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो