दमेक घटना अपडेटः घाइते राधाको मृत्यु, श्रीमान प्रहरीको नियनत्रणमा

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, १८ फागुन २०७९ ।

बागलुङको दमेकमा श्रीमानले कोदालाले हान्दा श्रीमतीको मृत्यु भएको छ । जैमिनी नगरपालिका २ दमेक बनहुँ निवासी ४५ बर्षीय केशव नेपालीले ३५ बर्षीय श्रीमती राधा नेपालीलाई कोदालाले हानेर हत्या गरेका हुन् ।

बिहिबार बारीमा आलु खन्ने क्रममा उनले कोदालोले श्रीमतीको टाउकोमा हानेर गम्भीर घाइते बनाएको र उनको उपचारका लागि अस्पताल लगेकोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी गंगाबहादुर थापाले जानकारी दिनुभयो । बिहान ११ बजेतिर घर भन्दा अन्दाजी २० मिटर टाढा रहेको बारीमा आलु खन्दै गर्दा उनले अचानक श्रीमतीलाई कोदालाले टाउकोले हान्दा घाइते भएको प्रहरीले जनाएको छ । घाइते राधालाई दिउँसो करिव १ बजे धौलागिरी अस्पताल बागलुङ पुराइएकोमा साँढे १ बजे अस्पतालले मृत घोषणा गरेको थियो ।

कोदालाले हानेपछि केशवले झुण्डिएर आत्महत्या गर्न खोजेका थिए । झुण्डिएको अवस्थामा उनका भाउजुले फेला पारेर उनलाई उद्दार गरेको प्रहरीले जनाएको छ । केशवलाई घटनास्थलबाट प्रहरीले नियन्त्रणमा लिएर बागलुङ लगेको बताएको छ । उनकाे अवस्था सामान्य रहेकाे छ । मृतक राधाको धौलागिरी अस्पताल बागलुङमा पोष्टमार्टम पछि आफ्न्तलाई शव बुझाइने अस्पतालले जनाएको छ ।

घटनाको बारेमा थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । यस्तै हिजो नै जैमिनी नगरपालिका ४ सर्कुवा मौलाछमा एक पुरुषले आफ्नै छोरीको हत्या गरेका थिए ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो