जैमिनीमा कुकुरहरुको बन्ध्याकरण, रेविज विरुद्धको खोप पनि लगाइयो

याे सामग्री सेअर गर्नुहाेस्

सन्ध्या आचार्य
बागलुङ, १९ फागुन २०७९ ।

जैमिनीमा कुकुरहरुको बन्ध्याकरण गरिएको छ । बिहिबार बागलुङको जैमिनी नगरपालिकामा रहेका घरपालुवा तथा छाडा कुकुरहरुको बन्ध्याकरण गरिएको हो ।

केन्द्रिय पशु चिकित्सालयका पशु डाक्टर टंक प्रसाईँको नेतृत्वको टोली, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङका प्रमुख ऋषि सापकोटाको टोली र जैमिनी नगरपालिकाका पशु प्रविधिकहरुको टोलीले कुकुरहरुको बन्ध्याकरण गरेको जैमिनी नगरपालिकाका पशु सेवा शाखा प्रमुख कृष्ण प्रसाद ढकालले जानकारी दिनुभयो । भेटेरिनरी एम्बुलेन्स सहित आएको टोलीले कुश्मिसेरा बजार सहित नगरपालिकाका बिभिन्न वडाका कुकुरको बन्ध्याकरण गरेको उहाँको भनाई छ ।

भाले र पोथी दुवै जातका कुकुरहरुलाई बन्ध्याकरण गरिएको ढकालले बताउनुभयो । २६ वटा छाडा र ४७ वटा घरपालुवा गरी ७३ वटा कुकुरलाई बन्ध्याकरण गरिएको छ । कुकुरको संख्या नियन्त्रण गर्न र कुकुरको टोकाइबाट लाग्ने रेविज रोगबाट हुने जोखिम न्युनिकरण गर्न कुकुरहरुको बन्ध्याकरण गर्न थालिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङका प्रमुख ऋषि सापकोटाले बताउनुभयाे । नेपालमा बर्षेनी कुकुरकाे टाेकाइबाट ३ सय जनाकाे ज्यान जाने गरेकाे तथ्याङ्क रहेकाे छ ।

यस्तै बिहिबार नै कुकुरहरुलाई रेविज विरुद्धको खोप पनि लगाइएको छ । बन्ध्याकरण सहित कुकुरहरुलाई रेविज पनि लगाइएको प्रमुख प्रविधिक ढकालले बताउनुभयो ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो