आफ्नै पाठ्यक्रम निर्माण गर्दै जैमिनी नगरपालिका, प्राविधिक समुह गठन- पहिचानमा जाेड

याे सामग्री सेअर गर्नुहाेस्

 सुजन प्रेमी
बागलुङ, ४ चैत २०७७ ।

राष्ट्रिय पाठ्यक्रम प्रारुपमा व्यवस्था भए अनुसार जैमिनी नगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माणको तयारी थालेको छ । २० प्रतिशत पाठ्यक्रम निर्माण गर्ने तयारी स्वरुप जैमिनी नगरपालिकाको केन्द्र कुश्मिसेरामा मंगलवार अभिमुखिकरण कार्यक्रम भएको हो ।

गण्डकी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको प्रविधिक सहयोगमा स्थानीय पाठ्यक्रम निर्माणको तयारी स्वरुम गोष्ठीसँगै प्राविधिक समुह गठन गरिएको जैमिनी नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका संयोजक खेम प्रसाद आचार्यले जानकारी दिनुभयो ।

विभिन्न विद्यालयका शिक्षक तथा प्रधानाध्यापक सहित विज्ञहरुको सहभागिता रहेको कार्यक्रममा जैमिनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानराज कोइरालाले प्रयोग हुने खालको शिक्षा नीति अपनाएर पाठ्यक्रम निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । हामीले लिएको शिक्षाले हामीलाई के सिकाउँछ ? भन्ने महत्वपूर्ण भएको भन्दै उहाँले जैमिनीको पहिचान सहितको पृथक पाठ्यपुस्तक निर्माणको लागि सुझाव दिनुभयो ।

कार्यक्रममा आफूहरुको आवश्यक साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गर्दै गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय, युवा तथा खेलकुद महाशाखाका उप सचिव तेज प्र्रसाद काफ्लेले स्थानीय पाठ्यक्रम निर्माण गर्दा श्रोतको पहिचान हुनु आवश्यक रहेको बताउनुभयो । स्थानीय स्तरमा भएका गतिविधि सहित यहाँका धर्म, संस्कृति, पहिचान सहितका जानकारी त्यस पुस्तकमा पाउन सकिनेगरी तयार गर्नुपर्ने उहाँको धारणा छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो