काेराेना सँग लड्न कर्णाली प्रदेश सरकारकाे १ अर्ब रुपैयाँ बजेट

याे सामग्री सेअर गर्नुहाेस्

 सुर्खेत, १६ बैशाख २०७८ ।

कर्णाली प्रदेश सरकारले कोरोना महामारी रोकथाम, नियन्त्रण र उपचार सहित प्रतिकार्यका लागि १ अर्ब रुपैयाँ बजेट छुट्याएकाे छ ।

काेराेना भाइरसकाे दाेश्राे लहर शुरूभएसँगै कर्णाली प्रदेश सरकारले कोरोना महामारी रोकथाम, नियन्त्रण र उपचार सहित प्रतिकार्यका लागि १ अर्ब रुपैयाँ बजेट छुट्याएकाे हाे ।  छुट्याइएकाे बजेटकाे कुल रकममध्ये तत्काल ५० करोड रकम विकास खर्चबाट रकमान्तर गरी कोभिड कोषमा राख्ने व्यवस्था मिलाइएको कर्णाली प्रदेश सरकारका प्रवक्ता मन्त्री विमला केसीले जानकारी दिनुभयाे ।

 

त्यस्तै कोरोना महामारी नियन्त्रण तथा स्वास्थ्य पूर्वाधार सुदृढीकरणका लागि तत्काल प्रदेश अस्पताल सुर्खेतलाई २२ करोड रुपैयाँ बजेट दिएको जनाइएकाे छ ।  चौरजहारी सामुदायिक अस्पताल, जिल्ला अस्पतालहरु र रणनैतिक अस्पताललाई १२ करोड रुपैयाँ बजेट निकासा गरी पठाएको पनि मन्त्री केसीले बताउनुभयाे ।

 

कर्णाली प्रदेश सरकारको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा केसीले प्रदेश भित्रिने ४ वटा नाकाहरुमा थप स्वास्थ्यकर्मीसहित एन्टिजेन परीक्षण र स्क्रिनिङको व्यवस्था मिलाएको पनि जानकारी गराउनुभयाे ।

 

 


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसबुकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार