कुश्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्रलाई तीनवटा अक्सिजन सिलिण्डर सहयोग

याे सामग्री सेअर गर्नुहाेस्

 

सुजन प्रेमी
बागलुङ, १० जेठ २०७८ ।

राष्ट्रिय सहकारी विकास बोर्डका सह–अध्यक्ष दक्ष पौडेलले कुश्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्रलाई तीनवटा अक्सिजन सिलिण्डर सहयोग गर्नुभएको छ । बागलुङको अमलाचौरका पौडेलले आफ्ना बाबुको सम्झनामा स्थापित भिमनाथ शर्मा पौडेल स्मृति प्रतिष्ठानको तर्फबाट बागलुङकाे जैमिनी नगरपालिका १ कुश्मिसेरामा अवस्थित स्वास्थ्य केन्द्रलाई निःशुल्क रुपमा तीनवटा अक्सिजन सिलिण्डर सहयोग गर्नुभएको हो ।

आइतबार प्रतिष्ठानका बागलुङ संयोजक गोविन्द बहादुर पौडेलले जैमिनी नगरपालिकाका नगर प्रमुख ईन्द्रराज पौडेल, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा जैमिनी नगरपालिका वडा नं १ का वडाध्यक्ष भुपेन्द्र थापा, स्वास्थ्य संयोजक गोविन्द प्रसाद आचार्य र अस्पतालका डाक्डर राजु भट्टराई क्षेत्रीलाई दुईवटा ठुलो र एकवटा एम्बुलेन्समा राख्ने सानो खालको सिलिण्डर हस्तान्तरण गर्नुभएको नगरपालिकाले जनाएको छ ।

सहयोग प्रति धन्यवाद दिँदै नगर प्रमुख पौडेलले महामारीको समयमा निजि क्षेत्रबाट गरिने सहयोगले ठुलो राहत पुग्ने बताउनुभयो । संयोजक गोविन्द बहादुर पौडेलले कुश्मिसेरामा अरुपनि सिलिण्डर आवश्यक भएपनि तत्कालको लागि तीनवटा सहयोग गरिएको बताउँदै थप सिलिण्डर पनि सहयोग हुने आश्वासन दिनुभएको छ ।

विद्यार्थी नेता हरिहर शर्माले कुश्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्रको लागि बिभिन्न ठाउँबाट सहयोग जुटाउन आफूहरु लागि परेको बताउनुभएको छ । सिलिण्डर एभरेष्ट कम्पनीबाट खरिद गरी ल्याइएको थियो । सिलिण्डरको बजारमुल्य अहिले ठुलोको करिव २६ हजार र सानोको करिव ११ हजारको हाराहारीमा रहेको छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसबुकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार