जैमिनीका १ सय ९ जनाको कोरोना रिपोर्ट अझै आएन, ४८ जना सक्रिय संक्रमित

याे सामग्री सेअर गर्नुहाेस्

 

सन्ध्या आचार्य
बागलुङ, १० जेठ २०७८ ।

जैमिनी नगरपालिकाका १ सय ९ जनाको कोरोना रिपोर्ट आउन बाँकी रहेको छ । जेठ ६ र ७ गते स्वाव संकलन गरी परिक्षणको लागि पठाइएको नमूनाको रिपोर्ट आउन बाँकी रहेको हो ।

नगरपालिकाको वडा नं ८ छिस्तीका १० जना, वडा नं ७ जैदिका २७ जना, वडा नं ६ अर्जेवाका ३४ जना, वडा नं ५ विनामारेका २४ जना, वडा नं २ दमेकका ११ जना र वडा नं १ कुस्मिसेराका ३ जना गरी १ सय ९ जनाको स्वाव संकलन गरी धौलागिरी अस्पतालको प्रयोगशालामा पठाइएकोमा अझैपनि रिपोर्ट नआएको जैमिनी नगरपालिकाका स्वास्थ्य शाखा संयोजक गोविन्द प्रसाद आचार्यले जानकारी दिनुभयो ।

नगरपालिकाले बिहिबार र शुक्रबार वडा वडामा नै पुगेर स्वाव संकलन गरेको थियो ।

जैमिनी नगरपालिकामा अहिले ४८ जना सक्रिय संक्रमित रहेका छन् जसमध्ये १ जना गण्डकी मेडिकल कलेज पोखरामा उपचार गराइरहेका छन् भने अन्य सबै होम आइशोलेसनमा रहेका छन् । उनिहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको जैमिनी नगरपालिकाले जनाएको छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसबुकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार