जैमिनीमा कोरोना संक्रमण गाउँ गाउँमा फैलियो, ९० जना कोरोना संक्रमित थपिए

याे सामग्री सेअर गर्नुहाेस्

 

बागलुङ, २० जेठ २०७८ ।

बागलुङको जैमिनीमा थप ९० जना कोरोना संक्रमित थपिएका छन् । जैमिनी नगरपालिकाको बिभिन्न वडामा स्वाव संकलन गरी गरिएको पीसिआर र एन्टिजेन परिक्षणमा ९० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि भएकाहरु जैमिनी ६ अर्जेवाका ४६ जना, जैमिनी ७ जैदीको २६ जना, जैमिनी ८ छिस्तीको १२ जना र एन्टिजेन परिक्षणबाट जैमिनी १० राङखानीका ६ जनामा कोरोना देखिएको जैमिनी नगरपालिका स्वास्थ्य शाखा संयोजक गोविन्द प्रसाद आचार्यले जानकारी दिनुभयो ।

जेठ १६ गते जैमिनी नगरपालिका ५ विनामारे र अर्जेवाका ७५ जनाको स्वाव संकलन गरी परिक्षण गरिएकोमा अर्जेवाका ४६ जनाको रिपोर्ट पोजेटिभ आएको छ जसमध्ये यसअघि १५ जनाको रिपोर्ट आउँदा १० जनामा संक्रमण देखिएको थियो भने बाँकी ६० जनाको रिपोर्ट आउँदा ३४ जनामा संक्रमण देखिएको छ ।

जेठ १७ गते र १८ गते जैदीका ५८ जनाको नमुना परिक्षण गर्दा २६ जना र छिस्तीका ५४ जनाको परिक्षण गर्दा १२ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य शाखा संयोजक आचार्यले बताउनुभयो ।

यस्तै जेठ १९ गते राङ्खानीमा ३९ जनाको एन्टिजेन परिक्षण गर्दा ६ जनामा कोरोना संक्रमण देखिएको छ । यसअघि स्वेच्छिक परिक्षण गरी संक्रमण पुष्टि भएका जैमिनी नगरपालिका ९ पैयुँथन्थापका भनिएका एकजना अर्जेवाको रहेको पुष्टि भएको छ । उनि अर्जेवाको भएपनि पैयुँथन्थाप ठेगाना दिएको पाइएको आचार्यको भनाई छ ।

नगरपालिकाका एक सय ८७ जनाको पीसिआर परिक्षण गर्दा ८४ जना र ३९ जनाको एन्टिजेन परिक्षण गर्दा ६ जनामा कोरोना देखिनु निकै जोखिमपूर्ण अवस्था रहेको बुझिन्छ । जैमिनीमा हाल पीसिआर गरिएका नमुनामध्ये ४५ प्रतिशतमा कोरोना देखिएको छ ।

काेराेनाकाे जाेखिम र असरबारे याे भिडियाे हेर्नुहाेस् 


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसबुकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार