काेराेना बाट मृत्यु भएकाकाे परिवारलाई किरिया खर्च दिँदै धुलिखेल नगरपालिका

याे सामग्री सेअर गर्नुहाेस्

काभ्रेपलाञ्चोक, २० जेठ २०७८ ।

धुलिखेल नगरपालिकाले काेराेना बाट मृत्यु भएकाकाे परिवारलाई किरिया खर्च दिने भएकाे छ ।

धुलिखेल नगरपालिकाले कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएकाको परिवारलाई किरिया खर्चस्वरूप रु १५ हजार दिने भएको हाे । कोरोना महामारीको यस अवस्थामा मृतक परिवारलाई सहजताका साथै मनोबल बढोस् भन्ने उद्देश्यले यस्तो निर्णय गरिएको धुलिखेल नगरपालिकाले जनाएको छ ।

“महामारीको यस घडीमा नगरको सहयोगले मृतक परिवारलाई केही राहत पुग्ने विश्वास गरेका छौँ”, नगरप्रमुख अशोक ब्याञ्जूले भन्नुभयो । उहाँका अनुसार कोरोना सङ्क्रमितको अवस्था बुझ्दै उनीहरुको सम्पर्कमा आएकालाई परीक्षणको दायरामा ल्याउने तथा मृत्यु भएकाको र सङ्क्रमित परिवारमा देखिने समस्या पहिचान गर्दै स्वास्थ्य सामग्री र औषधि वितरणको काम भइरहेको छ ।

कोरोना सङ्क्रमणको दोस्रो लहर शुरु भएयता धुलिखेल नगरमा हाल १ सय ८८ पुरुषसहित ३ सय ११ सक्रिय सङ्क्रमित रहेका छन् । धुलिखेलमा हालसम्म कोरोना भाइरस् सङ्क्रमणबाट २८ को मृत्यु भइसकेको छ । यसैबीच पछिल्लो २४ घण्टामा काभ्रेपलाञ्चोकमा ३ सय २५ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डीसीसीएमसी)का अनुसार पछिल्लो २४ घण्टामा २ सय ७३ सङ्क्रमण मुक्त भएका छन् भने ३ जनाकाे मृत्यु भएको छ ।

कोरोना सङ्क्रमणको दोस्रो लहर शुरु भएयता जिल्लामा हाल २ हजार २ सय १५ सक्रिय सङ्क्रमित रहेका छन् । कुल सङ्क्रमितमध्ये बनेपा नगरमा ३ सय ३, पनौतीमा २ सय ६, पाँचखालमा ३ सय ३२, नमोबुद्धमा १ सय १०, मण्डनदेउपुरमा १ सय ९० तथा रोशी गाउँपालिकामा १ सय ५४, चौँरीदेउरालीमा ५७, तेमालमा १ सय ३, भुम्लुमा २ सय १०, खानीखोलामा ३८, बेथानचोकमा १ सय २० र महाभारत गाउँपालिकामा ८१ सक्रिय सङ्क्रमित रहेको केन्द्रले जनाएको छ । कुल सङ्क्रमितमध्ये ९४ दशमलव ५९ प्रतिशत अर्थात् दुई हजार ९५ सङ्क्रमित होम आइसोलेशनमा उपचाररत छन् । हालसम्म जिल्लाका १ सय ३६ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसबुकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार