कक्षा १२ काे परीक्षा साउन भित्रै गर्न प्रस्ताव,शतप्रतिशत लिखित परीक्षा लिने तयारी

याे सामग्री सेअर गर्नुहाेस्

काठमाडाैं, २० असार २०७८ ।

कक्षा १२ काे परीक्षा साउन भित्रै गर्ने प्रस्ताव अघिसारीएकाे छ ।

राष्ट्रिय परीक्षा बोर्डले साउनभित्र कक्षा १२ को परीक्षा सञ्चालन गर्न शिक्षा मन्त्रालयसँग अनुमति मागेको हाे । साउनको तेस्रो अथवा चौथो हप्तामा परीक्षा सञ्चालन गर्न अनुमति मागेको बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलले जानकारी दिनुभयाे ।

 

कोरोना संक्रमणको दर कम हुँदै जान थालेपछि परीक्षा सञ्चालन गर्न सकिने भएकाले अनुमति माग गर्नुका साथै  परीक्षाको तयारी पनि गरिरहेको बोर्डले जनाएको छ । गत जेठ २६ बाट शुरु हुने तय भएको परीक्षा कोरोना महामारीका कारण स्थगित भएको थियो ।

 

शतप्रतिशत लिखित परीक्षा लिने तयारीः राष्ट्रिय परीक्षा बोर्डले गत वर्षको भन्दा फरक मोडालिटी अर्थात् शतप्रतिशत लिखित परीक्षा लिने तयारी समेत गरेको छ ।

 

गत वर्ष आन्तरिक मूल्यांकनलाई नै अन्तिम मूल्यांकनको आधार बनाइएको थियो । तर याे वर्ष पोहोरको जस्तो नहुने भन्दै शतप्रतिशत लिखित परीक्षानै लिने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष पौडेलले जानकारी दिनुभयाे ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसबुकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार