युरो कपको पहिलो सेमिफाइनलमा आज राति इटली र स्पेन खेल्दै, दोस्रो सेमिफाइनल भोलि

याे सामग्री सेअर गर्नुहाेस्

काठमाण्डाै, २२ असार २०७८ ।

युरो कप फुटबलको पहिलो सेमिफाइनलमा आज राति इटली र स्पेन खेल्दैछन् । इटली फिफा वरीयताको शीर्ष टोली बेल्जियमलाई हराउँदै सेमिफाइनलमा पुगेको हो ।

स्पेनले क्वार्टर फाइनलमा स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा हराएको थियो । खेल इङ्ग्ल्यान्डको वेम्बली मैदानमा नेपाली समय अनुसार राति पौने एक बजे सुरु हुनेछ ।

इटली र स्पेनबीचको विजेताले फाइनलमा इङ्ग्ल्यान्ड र डेनमार्कबीचको विजेतासँग खेल्नेछ । इङ्ग्ल्यान्ड र डेनमार्कबीचको दोस्रो सेमिफाइनल भोलि राति हुनेछ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार