जैमिनीमा १ हजार ५ सय भन्दा बढिलाई कोरोना विरुद्धको खोप लगाइयो, आज पनि निरन्तरता

याे सामग्री सेअर गर्नुहाेस्

 

सुजन प्रेमी
बागलुङ, १ साउन २०७८ ।

जैमिनीमा १ हजार ५ सय २८ जनालाई भेरोसेल खोप लगाइएको छ । बागलुङको जैमिनी नगरपालिकाले बिहिबार १ हजार ५ सय २८ जनालाई खोप लगाएको हो ।

जैमिनी नगरपालिकाको छिस्ती र नेपाने स्वास्थ्य चौकी बाहेक सबै स्वास्थ्य चोकीबाट ८ सय २५ जना महिला र ७ सय ३ जना पुरुषलाई खोप लगाइएको जैमिनी नगरपालिका स्वास्थ्य शाखा संयोजक गोविन्द प्रसाद आचार्यले जानकारी दिनुभयो ।
नेपाल सरकारले प्राथमिकतामा राखेको शिक्षक, विद्यालयका कर्मचारी, चालक, सहचालक, विदेश जाने तयारीका नागरिकहरु र ५५ बर्ष माथिका नागरिकहरुलाई खोप लगाइएको उहाँको भनाई छ ।

यस अघि प्राथमिकतामा परेर खोप लगाउन छुटेकाहरुलाई पनि खोप लगाइएको नगरपालिकाले जनाएको छ । खोप सेवा शुक्रबार पनि निरन्तर हुनेछ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसबुकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार