विप्लव समुहका नेता हेमन्तप्रकाश वलीलाई साधारण तारेखमा छाड्न  सर्वोच्चकाे आदेश

याे सामग्री सेअर गर्नुहाेस्

काठमाडाैं, ३१ असार २०७८ ।

विप्लव समुहका नेता हेमन्तप्रकाश वलीलाई साधारण तारेखमा छाड्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

न्यायाधीश प्रकाशकुमार ढुङ्गाना र मनोजकुमार शर्माको इजलासले आज नेत्रविक्रम चन्द (विप्लव) समूहका नेता हेमन्तप्रकाश वलीलाई थुनामुक्त गर्न आदेश दिएको हो । मुटुको उपचारका लागि सहिद गंगालाल राष्ट्रिय मुटुरोग केन्द्रमा उपचाररत वलीलाई थुनामा राखेर पुर्पक्ष गर्न लगाउनु मानवीय दृष्टिले मनासिव नदेखिएको  उल्लेख गरीएकाे छ ।

 

आदेशमा पछि मुद्दामा प्रमाण बुझ्दै जाँदा ठहर भए बमोजिम हुने गरी साधारण तारेखमा राखेर छाड्न भनिएको छ । एनसेलको मुख्यालय भैँसेपाटी ललितपुरमा बम विस्फोट गराएको आरोपमा जिल्ला अदालत ललितपुरले वलीलाई २०७६ जेठ १० गते पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

 

उच्च अदालतले पनि वलीलाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालतको आदेशलाई सदर गरेको थियो । आदेशविरुद्ध  सर्वोच्च अदालतमा वलीकाे निवेदन परेकाे थियाे ।

आदेश हेर्नुहाेस् ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो