एकैदिन ४३ जनाकाे ज्यान गयाेः२९३६ जनामा काेराेना संक्रमण,कुल संक्रमित ७ लाख १२हजार नाघे

याे सामग्री सेअर गर्नुहाेस्

काठमाडौं, १ साउन २०७८ ।

काेराेना संक्रमणका कारण नेपालमा एकै दिन ४३ जनाकाे ज्यान गएकाे छ ।

केहिदिन यता मृत्यु हुनेकाे संख्यामा कमि आए पनि शुक्रबार मात्रै थप ४३ जनाकाे ज्यान गएकाे हाे । पछिल्लो २४ घण्टामा ४३ जनाकाे मृत्यु भएकाे विवरण भए पनि यस अघिको केहि विवरण प्राप्त भएको सहित कुल ४३ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएकाे छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या  ९ हजार ५ सय ६ पुगेको छ ।

 

साथै पछिल्लो २४ घण्टामा मात्रै देशभर थप २ हजार ९ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरीका प्रयाेगशालामा ९ हजार ६ सय १३ नमुनाकाे पीसीआर परीक्षण गर्दा २ हजार ६ जना र ४ हजार ५ सय ६९ नमुनाकाे एन्टिजेन परीक्षणमा ९ सय ३० जना गरी कुल २ हजार ९ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । याेसँगै नेपालमा काेराेना संक्रमितकाे कुल संख्या ७ लाख १२ हजार ३ सय ७३ जपुगेकाे छ ।

 

यस्तै थप १ हजार ७ सय ७५ जना काेराेना संक्रमण निकाेभइ डिस्चार्ज भएका छन् । याेसँगै नेपालमा काेराेना संक्रमण निकाे हुनेकाे कुल संख्या ६ लाख २८ हजार २ सय ४३ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

 

अहिले देशभर २६ हजार ८ सय २७ संक्रमण सक्रिय छ ।  सक्रिय संक्रमितमध्ये २४ हजार २ सय ७४ जना होम आइलेसनमा रहेका छन् भने २ हजार ५ सय ५३ जना संस्थागत आइसोलेसनमा छन् । जसमध्ये ५ सय ७८ जनाको आईसीयू र १ सय ७४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ ।

 

कुन प्रदेशमा कती संक्रमित थपिए ?

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ७ सय ५३, प्रदेश २ मा ५७ बागमती प्रदेशमा ७ सय ४० जनामा, गण्डकी प्रदेशमा २ सय १८, लुम्बिनी प्रदेशमा १ सय ३, कर्णाली प्रदेशमा ५१ र सुदूरपश्चिम प्रदेशमा ८४ जना काेराेना संक्रमित थपिएका छन् ।

 

 


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसबुकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार