प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशनका लागि सभामुख र सांसदहरुको एण्टीजेन परीक्षण हुँदै

याे सामग्री सेअर गर्नुहाेस्

काठमाडौं, १ साउन २०७८ ।

प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशनका लागि सभामुख र सांसदहरुको एण्टीजेन परीक्षण सुरु गरीएकाे छ ।

पर्सि अर्थात साउन ३ गते दिउँसो ४ बजे बस्‍ने प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशनका लागि सभामुखसहित सांसदहरुको एण्टीजेन परीक्षण सुरु गरिएको हाे । बिहान ११ बजेदेखि सभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, संघीय सांसदहरु, महासचिव, सचिव, संसद सचिवालयका सम्पूर्ण कर्मचारीहरुको एन्टीजेन परीक्षण सुरु गरिएको संसद सचिवालयलयले जानकारी दिएकाे छ ।

 

यस्तै संघीय संसद रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारी, मर्यादापालक, संसदीय मामला पत्रकार, स्वकीय सचिवालयका कर्मचारी लगायतको पनि आजै एण्टीजेन परीक्षण गराइने संसद सचिवालयले जनाएको छ । साउन ३ गते दिउँसो ४ बजेका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बोलाउनु भएकाे थियाे ।

 

गत जेठ ७ गते मध्यरातमा सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा विघटन गर्नुभएकाे भएपनि सर्वोच्च अदालतले संसद पुनर्स्थापना हुने फैसला गरी साउन ३ गतेभित्र बैठक बोलाउन समेत आदेश दिएको थियो ।

 

संघीय संसद सचिवालयलयकाे एण्टीजेन परीक्षण सम्बन्धि सुचना हेर्नुहाेस् ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो