बागलुङकाे विषाक्त मदिरा प्रकरण : डीएसपीकाे नेतृत्वमा अनुसन्धान समिति गठन

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, ५ साउन २०७८ ।

बागलुङमा विषाक्त मदिरा पिएर चार जना मजदुरको ज्यान गएकाे घटनाको छानबिन गर्न प्रहरी नायब उपरीक्षक (डीएसपी) इकवाल हवारीको नेतृत्वमा अनुसन्धान समिति गठन भएको छ ।

सोमवार बेलुकी विषाक्त रक्सी पिएका ६ मध्ये चार जनाको ज्यान गएकाे थियो । ज्यान गुमाउनेहरूमा गलकोट नगरपालिका ७ मल्ममा रहेकाे खानेपानी आयोजनामा काम गर्ने २१ वर्षीय दीपेन्द्र पुन, ३९ वर्षीय दूधबहादुर राना, ५१ वर्षी रेखबहादुर राना र ३० वर्षीय प्रवीन घर्ती रहेका छन् । उनीहरूको उपचारका क्रममा ज्यान गएकाे बताइएको छ । त्यस्तै उनीहरूसँगै रक्सी पिएका ३८ वर्षीय खेमराज घर्ती र २६ वर्षीय रवीन्द्र पुनको अवस्था गम्भीर रहेको र धौलागिरि अस्पतालमा उपचार सम्भव नभएपछि दुवै जनालाई गण्डकी अस्पताल पोखरा पठाइएको छ ।

जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रवक्तासमेत रहनुभएका डीएसपी हवारीकाे नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन भएको प्रहरीले जनाएको छ । बाग्लुङमा पहिलो पटक चार जनाको विषाक्त रक्सी सेवनका कारण ज्यान गएपछि प्रहरी गम्भीर भएर अनुसन्धानमा लागेको प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक (एसपी) कृष्णबहादुर पल्लिमगरले बताउनुभयो । ‘सात दिनको समय दिएर डीएसपीको नेतृत्वमा टोली पठाएको छु’, उहाँले भन्नुभयो, ‘अहिलेसम्म दुई जना पक्राउ परेका छन्, मजदुरले खाएका चाउचाउ, दालमोठ र मदिराका भाँडासमेत बरामद गरेका छौँ ।’

पक्राउ पर्नेमा पसल सञ्चालक भद्रबहादुर थापा र स्थानीयवासी भक्तबहादुर बलाल रहेका छन् । उनीहरूसँग अहिले सोधपुछ चलिरहेको र शव परीक्षणको रिपोर्ट आएपछि थप अनुसन्धान अगाडि बढाइने उहाँले बताउनुभयो ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो