चिनबाट ४८ लाख डोज खोप आउने निश्चित,खोप लिन नेपाल वायु सेवा निगमको जहाज चीन जाँदै

याे सामग्री सेअर गर्नुहाेस्

काठमाडाैं, ६ साउन २०७८ । 

चिनबाट ४८ लाख डाेज खाेप नेपाल आउने निश्चित भएको छ ।

चीनले अनुदानमा दिएकाे सहित ४८ लाख डोज काेराेना बिरूद्धकाे खोप नेपाल आउने निश्चित भएको हाे । ४८ लाख डोज खाेप मध्ये केही दिनभित्रै २५ लाख डोज खोप आउने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

 

चिनबाट ल्याउने निश्चित गरीएकाे ४८ लाख डोजबाहेक थप खोप ल्याउन पनि पहल भइरहेको बताइएकाे छ । यस अघि चीनले १८ लाख डोज खोप अनुदान श्वरूप दिएको थियो । केही समय अघि चीनबाट खरिद गरेर ल्याइएको ८ लाख डोज खोप पनि अहिले वितरण भइरहेको छ ।

 

कोरोना भाइरसविरुद्धको खोप लिन आज नेपाल वायु सेवा निगमको जहाज चीन जाँदैछ ।  आजदेखि तीन उडानमार्फत नियमित खोप ल्याइने निगमले जनाएकाे छ । चीनसँग खरिद गरिएका खोप लिन आज राति ११ बजे गएर भोली दिउँसो २ बजे जहाज नेपाल आउने छ । यस्तै भोली राति ११ बजे फेरि उडेर जहाज पर्सी दिउँसाे आउने छ ।

 

यस्तै, खोप लिन ९ गते जाने जहाजले १० गते खोप नेपाल ल्याउने छ । यसअघि असार २५ गते आठ लाख मात्रा खोप चीनबाट ल्याइएको थियो । सरकारले चीनबाट खोप ल्याएपछि नियमित रूपमा खोप अभियान पनि सञ्चालन गरिरहेको छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो