प्राविधिक विषय पढ्न जैमिनीका विद्यार्थी उत्साहित, प्रवेश परिक्षामा ६३ जना सहभागी

याे सामग्री सेअर गर्नुहाेस्

 

सुजन प्रेमी
बागलुङ, ७ साउन २०७८ ।

कक्षा ९ र १० मा प्राविधिक विषय पढ्न जैमिनीका विद्यार्थी उत्साहित देखिएका छन् । प्राविधिक धार अन्तर्गत कम्प्युटर इन्जिनियरिङ विषय अध्ययन गर्न चाहने प्रत्येक वडाबाट एकजना विद्यार्थीलाई जैमिनी नगरपालिकाले निशुल्क पढाउने भएपछि विद्यार्थीको उत्साह बढेको हो ।

जैमिनी नगरपालिकाले विगतका बर्षहरुबाट नै प्रत्येक वडाका १÷१ जना विद्यार्थीलाई कक्षा ९ र १० को लागि निःशुल्क आवासीय सुविधा सहित पुर्ण छात्रवृत्ति प्रदान गर्ने गरेकाले यस बर्षको शैक्षिक सत्रको लागि पनि निरन्तरता दिइएको जैमिनी नगरपालिकाका नगर प्रमुख ईन्द्रराज पौडेलले जानकारी दिनुभयो । प्रविधिक विषय पढ्नका लागि ५ वटा परिक्षा केन्द्रबाट लिइएको परिक्षामा विद्यार्थी र अविभावकहरुले उल्लेख्य चासो दिएका थिए ।

नगरपालिकाको छात्रबृत्ति सहित नगरपालिकाको केन्द्र कुश्मिसेरामा रहेको एकमात्र कम्प्युटर ईन्जिनियरिङ विषय पढाई हुने शान्ति माध्यामिक विद्यालयमा कम्प्युटर ईन्जिनियरिङ पढ्न चाहनेहरुको लागि साउन ५ गते ५ वटा परिक्षा केन्द्रबाट परिक्षा लिइएकोमा ६३ जना विद्यार्थीले सहभागिता जनाएको शान्ति माध्यामिक विद्यालय कुश्मिसेराका प्रधानाध्यापक यम बहादुर जिसीले जानकारी दिनुभयो ।

नगरपालिकाको संकृत मा.वि.बेलबगर, सर्बोदय जनक मा.बि.बिनामारे, शान्ति मा.बि.कुश्मिसेरा, सुन्तलाचौर मा.बि.दमेक र गाउँ फर्क आधारभुत विद्यालय पैञ्युँथन्थापमा परिक्षा केन्द्र बनाएर परिक्षा सञ्चालन गरिएको थियो । परिक्षामा अन्य पालिकाको विद्यार्थीहरुले पनि उत्साहजनक सहभागिता जनाएको प्र.अ. जिसीले बताउनुभयो ।

नगरपालिकाको छनोटमा नपरेकाहरुलाई शान्ति मा.वि ले विशेष सर्तमा सहुलियत रुपमा अध्यापन गराउनेछ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो