Breaking News: जैमिनीमा निषेधाज्ञाको अवधि थप, अवज्ञा गरे कारवाही गरिने

याे सामग्री सेअर गर्नुहाेस्

 

सुजन प्रेमी
बागलुङ, २५ साउन २०७८ ।

बागलुङको जैमिनी नगरपालिकामा निषेधाज्ञा फेरि थपिएको छ । सोमबार बसेको सरोकारवालाहरुको बैठकले साउन ३२ गतेसम्मका लागि निषेधाज्ञा थप गरेको हो ।

कोरोना संक्रमणदर नघटेपछि निषेधाज्ञा थप गरिएको जैमिनी नगरपालिकाका नगर प्रमुख ईन्द्रराज पौडेलले जानकारी दिनुभयो । नगरपालिकाको केन्द्र रहेको कुश्मिसेरा बजारमा नै कोरोना संक्रमण फैलिएपछि निषेधाज्ञा गरिएको थियो ।

निषेधाज्ञाको अवधीमा अत्यावश्यकका पसलहरु बाहेक सबै पसल बन्द गर्नुपर्ने जैमिनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानराज कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार अत्यावश्यकका पसलहरु पनि बिहान ७ देखि १० र साँझ ५ देखि ७ बजेसम्म मात्र खोल्न पाइने छ ।

निषेधाज्ञाको पूर्ण रुपमा पालना गर्न नगरपालिकाले आग्रह गरेको छ । यदि कसैले अवज्ञा गरेमा कानुन बमोजिम कारवाही गरिने नगरपालिकाले चेतावनी दिएको छ ।

No description available.


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो