निषेधाज्ञाको असरः कुश्मिसेरा बजार सुनसान, अनुगमन समितिद्वारा छड्के अनुगमन

याे सामग्री सेअर गर्नुहाेस्

 

सन्ध्या आचार्य
बागलुङ, २६ साउन २०७८ ।

निषेधाज्ञा भएपछि बागलुङको कुश्मिसेरा बजार सुनसान देखिएको छ । जैमिनी नगरपालिकाको केन्द्र कुश्मिसेरा बजारमा निषेधाज्ञा पालनाको छड्के अनुगमन हुन थालेपछि बजार सुनसान बनेको हो ।

निषेधाज्ञा लागु भएपनि अटेरी गरिएको जनगुनासो आएपछि १ नम्बर वडा कार्यलयले साउन २१ गते सरोकारवालाहरुको बैठक डाकी अनुगमन समिति गठन गरेको थियो । बैठकमा उपस्थित बजारबासीहरुले केहि व्यापारीहरुले अटेर गरेको गुनासो गरेपछि छड्के अनुगमन गर्न समिति गठन भएको वडा सदस्य रुद्रनाथ शर्माले जानकारी दिनुभयो ।

कोरोना जोखिम पनि उच्च रहेको र बन्दाबन्दीका कारण कार्यलयहरु, बैंक तथा वित्तिय संस्था, विद्यालय तथा कुनैपनि गतिविधि सञ्चालन नहुँदा अन्यत्रबाट कुश्मिसेरा आउनेहरु पनि अहिले आउन पाएका छैनन् ।

अनुगमन समितिले छड्के अनुगमन गर्न थालेपछि व्यापारीहरुले अटेर गरी पसल खोल्ने क्रम रोकिएको अनुगमन समितिका संयोजक क्याप्टेन पदम बहादुर श्रीसले जानकारी दिनुभयो । नगरपालिकाको केन्द्र समेत रहेको कुश्मिसेरा बजारमा व्यापारीहरुले नै अटेर गरी तोकिएको समयभन्दा बाहेक पनि पसल खोल्ने र बन्दाबन्दीको अवज्ञा गरेपछि छड्के अनुगमन गरिएको उहाँको भनाई छ ।

कोरोना संक्रमणको दर पनि बढ्दै गएको र निषेधाज्ञालाई थप कडाई गरिएकाले अहिले कुश्मिसेरा बजार सुनसान बनेको छ । दिउँसो सुनसान भएपनि अत्यावश्यककका पसलहरुमा बिहान र बेलुका भने केहि मानिसहरुको चहलपहल देखिने गरेको छ । नगरपालिकाले निषेधाज्ञा गरेपनि अत्यावश्यकका पसलहरु बिहान ७ देखि १० र साँझ ५ देखि ७ बजेसम्म खोल्नको लागि अनुमति दिएको छ ।

No description available.

कोरोना संक्रमणदर ह्वात्तै बढेपछि जैमिनी नगरपालिकाले साउन ११ गतेदेखि १८ गतेसम्मका लागि निषेधाज्ञा लगाएको थियो तर कोरोना जोखिम कायम नै रहेपछि नगरपालिकाले तेस्रो पटक निषेधाज्ञा थप गरी साउन ३२ गतेसम्मको लागि कायम गरेको छ । अहिले नगरपालिकाको वडा नं १ कुश्मिसेरा वडा नं ४ सर्कुवा र वडा नं ५ विनामारे कोरोनाको उच्च जोखममा रहेका छन् ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो