जैमिनीमा दुई दिन कोरोना विरुद्धको कोभिसिल्ड खोप लगाइने, १० वटा खोप केन्द्र तोकियो

याे सामग्री सेअर गर्नुहाेस्

 

सुजन प्रेमी
बागलुङ, २७ साउन २०७८ ।

बागलुङकाे जैमिनीमा साउन २८ र २९ गते कोरोना भाइरस विरुद्धको खोप लगाइने भएको छ । स्वास्थ्य कार्यलय बागलुङको खोप समन्वय समितिले दिएको जानकारी अनुसार जैमिनी नगरपालिकामा २८ र २९ गते खोप लगाइने भएको हो ।

पहिलो डोज कोभिसिल्ड खोप लगाएका ६५ बर्ष वा सो भन्दा माथिका उमेर समुहलाई एष्ट्राजेनेकाको कोभिसिल्ड खोपको दोस्रो मात्रा लगाइने जैमिनी नगरपालिकाका स्वास्थ्य शाखा संयोजक गोविन्द प्रसाद आचार्यले जिल्लाखबर डटकमलाई  जानकारी दिनुभयो । नगरपालिकाको केन्द्रमा रहेको कुश्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्र कुश्मिसेरा सहित ८ वटै स्वास्थ्य चौकी र जैमिनी ३ उपल्लो दमेकमा रहेको नेपाने शहरी स्वास्थ्य केन्द्रबाट समेत कोरोना विरुद्धको दोस्रो डोज खोप लगाइनेछ ।

जैमिनीमा गत फागुनको अन्तिम साता कोभिशिल्डको पहिलो मात्रा खोप लगाएर दोस्रो डोज लगाउन नपाएकाहरु करिव २ हजार ९ सय जना रहेको स्वास्थ्य शाखा संयोजक आचार्यले बताउनुभयो । नगरपालिकामा दोस्रो डोज लगाउन पुग्नेगरी खोप आएको उहाँको भनाई छ ।

भारतबाट आएको कोभिसिल्ड खोप लगाएका ६५ बर्षमाथिका बृद्धबृद्धाहरु भारतले खोप नदिँदा खोप लगाउनबाट वञ्चित भएका थिए । गत शनिबार जापानले एष्ट्राजेनेकाले उत्पादन गरेको कोभिसिल्ड खोप पठाएपछि करिव ७ महिनापछि जेष्ठ नागरिकहरुले कोभिसिल्डको दोस्रो डोज खोप पाउने भएका छन् ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो