कुश्मिसेरा बजारमा म्याद नाघेका सामग्रीहरु छ्यापछ्याप्ती, अनुगमन नहुँदा उपभोक्ता मर्कामा

याे सामग्री सेअर गर्नुहाेस्

 

सुजन प्रेमी
बागलुङ, ३० साउन २०७८ ।

कुश्मिसेरा बजारमा म्याद नाघेका सामग्रीहरु भेटिन थालेको छ । नियामक निकायबाट अनुगमन नहुँदा बागलुङको जैमिनी नगरपालिकाको केन्द्र कुश्मिसेरा बजारमा म्याद गुज्रेका सामग्रीहरु भेटिन थालेको हो ।

विशेषगरी खाद्य सामग्रीहरु र छोटो समयमा नै उपभोग गरिसक्नुपर्ने सामग्रीहरु म्याद गुज्रेको भेटिएको उपभोक्ताहरुले गुनासो गरेका छन् । पसलमा सामान किन्दा व्यापारीहरुले पनि म्याद नहेर्ने र उपभोक्ताहरुले समत म्याद नहेरी लिँदा बजारमा म्याद गएका सामानहरु विक्री हुने गरेको उपभोक्ताहरुको भनाई छ ।

अधिकांश पसलमा केहि न केहि म्याद गुज्रेका सामग्रीहरु भेटिने गरेको भएपनि व्यापारीहरुले नै लापरवाही गरेर बेच्ने गरेको बजारवासीहरुको गुनासो छ । बजारमा अहिले सूजी, आँटा, भुजा, चाउचाउ लगाएतका खाद्य सामग्रीहरु म्याद नाघेको भेटिने गरेका छन् ।

कुश्मिसेरामा म्याद नाघेका समाग्रीहरु विक्रि हुने गरेको पटक पटक गुनासो आउने गरेपनि सम्बन्धित निकायबाट प्रभावकारी अनुगमन नहुँदा उपभोक्ताहरु गुणस्तरहिन सामग्रीहरु प्रयोग गर्न बाध्य छन् ।

अहिले यातयातका साधनहरु सञ्चालन नहुँदा बजारमा म्याद नाघेका सामग्रीहरु धेरै नै भएको हुनसक्ने जानकारहरुले बताएका छन् ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो