Breaking News: जैमिनीमा फेरि पनि निषेधाज्ञा थपियाे, यस्ताे छ नियम

याे सामग्री सेअर गर्नुहाेस्

सुजन प्रेमी
बागलुङ, १ भदाै २०७८ ।

बागलुङको जैमिनी नगरपालिकामा निषेधाज्ञा फेरि थपिएको छ । सोमबार बसेको सरोकारवालाहरुको बैठकले भदाै ५ गतेसम्मका लागि निषेधाज्ञा थप गरेको हो ।

कोरोना संक्रमणदर नघटेपछि निषेधाज्ञा थप गरिएको जैमिनी नगरपालिकाका नगर प्रमुख ईन्द्रराज पौडेलले जानकारी दिनुभयो । नगरपालिकाको केन्द्र रहेको कुश्मिसेरा बजारमा नै कोरोना संक्रमण फैलिएपछि निषेधाज्ञा गरिएको थियो ।

निषेधाज्ञाको अवधीमा अत्यावश्यकका पसलहरु बाहेक सबै पसल बन्द गर्नुपर्ने जैमिनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानराज कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार अत्यावश्यकका पसलहरु पनि बिहान ७ देखि १० र साँझ ५ देखि ७ बजेसम्म मात्र खोल्न पाइने छ ।

निषेधाज्ञाको पूर्ण रुपमा पालना गर्न नगरपालिकाले आग्रह गरेको छ । यदि कसैले अवज्ञा गरेमा कानुन बमोजिम कारवाही गरिने नगरपालिकाले चेतावनी दिएको छ ।

जिल्ला प्रशासन कार्यलय बागलुङले पनि जिल्लामा  भदाै ५ गतेसम्मका लागि कडा निषेधाज्ञा कायम गरिसकेकाे छ ।

May be an image of text


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो