काेराेना असर: बागलुङमा फेरि थपियाे निषेधाज्ञा, यस्ताे छ नयाँ व्यवस्था

याे सामग्री सेअर गर्नुहाेस्

 

बागलुङ, ४ भदाै २०७८ । 

बागलुङमा फेरि निषेधाज्ञा थपिएकाे छ । शुक्रबार प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले आगामी भदौ १० गतेसम्मका लागि निषेधाज्ञा थप गरेकाे हाे ।

निषेधाज्ञाकाे समयमा स्वास्थ्य सामग्री तथा औषधी पसल चौबिसै घण्टा खाेल्न पाइनेछ भने अत्यावश्यकका सवारीहरू पनि चल्न पाइनेछ । बैंक तथा वित्तीय संस्था, विद्यालय, क्याम्पस,होटल तथा रेष्टुरेण्ट सहित अत्यावश्यकमा नपरेका व्यवसाय र नीजि तथा सार्वजनिक सवारीहरू भने सञ्चालन गर्न पाइने छैन । फलफूल, तरकारी, दाना लगायतका पसल भने बिहान १० बजेसम्म मात्रै खुल्ला हुनेछ ।

प्रशासनले धार्मिक कार्यहरू घरबाट मात्र गर्न अनुराेध गरेकाे छ । यसअघि साउन ५ गतेसम्मका लागि निषाेधाज्ञा  थपिएकाे थियाे । जिल्लामा कोरोना संक्रमितको दर नघटेपछि जिल्लाभर निषेधाज्ञाकाे अवधि थप गरिएकाे जिल्ला प्रशासन कार्यालय बागलुङले जनाएको छ ।

यस्ताे छ बागलुङ जिल्लाका प्रमुख जिल्ला अधिकारीबाट जारी निषेधाज्ञा

 


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो