हाँस्य क्षेत्रमा ‘बखते’काे नामले परिचित कलाकार शम्भुराज थापाको निधन

याे सामग्री सेअर गर्नुहाेस्

काठमाडाै, ५ भदाै २०७८ ।

हाँस्य क्षेत्रमा ‘बखते’काे नामले परिचित कलाकार शम्भुराज थापाको निधन भएकाे छ । कोरोना संक्रमण भएर लामो समयदेखि उपचाररत थापाको शनिबार निधन भएकाे हाे ।

वरिष्ठ हाँस्य कलाकार थापाको शनिबार विहान ४ः४० बजे पाटन अस्पतालमा अस्पतालमा उपचारकै क्रममा निधन भएको परिवारले जनाएकाे छ ।

६४ वर्षे थापाले टेलिफिल्म हल्का रमाइलो, गोलमाल, भद्रगोल, मह सन्चार, मेरीबास्सैमा अभिनय गर्नुभएकाे थियाे । केही ठूला पर्दाका​चलचित्र र विज्ञापनमा पनि उहाकाे अभिनय रहेकाे थियाे ।

चलचित्र क्षेत्रका कलाकारहरूले थापाकाे निधनप्रति दुःख व्यक्त गरेका छन् ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो