Breaking News: आजबाट पेट्रोलियम पदार्थको मूल्य बढ्यो, के के बढ्यो ? मुल्यसूचि यस्तो छ

याे सामग्री सेअर गर्नुहाेस्

 

काठमाण्डौ, ८ भदौ २०७८ ।

पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले सोमवार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।

निगमले पेट्रोल, डिजल र मट्टीतेलमा दुई/दुई रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रति सिलिन्डर २५ रुपैयाँ बढाएको छ ।

अब पेट्रोल प्रति लिटर एक सय ३० रुपैयाँ डिजल/मट्टीतेल प्रतिलिटर एक सय १३ रुपैयाँ र खाना पकाउने एलपी ग्यास प्रति सिलिन्डरको मूल्य एक हजार चार सय ५० रुपैयाँ पुगेको निगमले जनाएको छ ।

यस्तै हवाई इन्धनमा आन्तरिकतर्फको मूल्य पनि प्रति लिटर दुई रुपैयाँले बढाइएको र हवाई इन्धन अन्तर्राष्ट्रिय उडानमा प्रति किलोमिटर अमेरिकी डलर १६ बढाएर नयाँ मूल्य सात सय ७० प्रति किलोमिटर पुर्‍याइएको छ ।

निगमले इन्डियन आयल कर्पाेरेशनबाट प्राप्त मूल्य सूचीअनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै आइरहेको जनाएको छ । अहिले अधिकांश ठाउँमा निषेधाज्ञा भएको र खपत कम हुँदा पनि मुल्य बृद्धि गरेर जनतालाई मारमा पारेको जनगुनासो आएको छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो