जैमिनीको छुट्टाछुट्टै ठाउँमा झुण्डिएको अवस्थामा २ जनाको शव भेटियो, थप विवरण आउन बाँकी

याे सामग्री सेअर गर्नुहाेस्

 

सुजन प्रेमी
बागलुङ, १२ भदौ २०७८ ।

बागलुङकाे जैमिनीमा २ जनाको शव भेटिएको छ । जैमिनी नगरपालिका ५ विनामारेमा एकजना महिला र जैमिनी ३ रानिवासेमा एकजना पुरुषको झुण्डिएको अवस्थामा शव भेटिएको हो ।

शुक्रबार गोठको आँटीमा झुण्डिएर विनामारे सियरकोटकी अन्दाजी ४५ बर्षीय पार्वती विकले आत्महत्या गरेको प्रहरी चौकी कुश्मिसेराले जानकारी दिएको छ । आत्महत्याको कारण नखुलेको र शवको पोष्ट मार्टमको लागि बागलुङ पठाइएको प्रहरीले जनाएको छ ।

यस्तै शनिवार बिहान जैमिनी ३ रानिवासेमा पुरुषको झुण्डिएको अवस्थामा शव फेला परेको छ । रानिवासेमा ४० बर्षीय यम बहादुर बहिक झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । शुक्रबार विनामारेमा मुचुल्का गर्न आएको प्रहरी टोली कुश्मिसेरा नै रहेको र शनिवार रानिवासेमा पनि घटना भएको जानकारी प्राप्त भएपछि त्यहि टोली रानिवासे गएका छन् । घटनाबारे थप विवरण आउन बाँकी छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो