आज देखि जैमिनीका सबै विद्यालयहरु भौतिक रुपमा नै खुल्ने, यस्तो छ सर्तहरु

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, २८ भदौ २०७८ ।

बागलुङको जैमिनी नगरपालिकाका विद्यालयहरु भौतिक रुपमा नै खुल्ने भएका छन् । आइतबार बसेको सरोकारवालाहरुको बैठकले सर्त सहित भौतिक उपस्थितिमा विद्यालय खुलाउने निर्णय गरेको हो ।

सोमबार देखि एउटा कक्षामा बढीमा २५ जना र एउटा बेन्चमा बढीमा २ जना विद्यार्थी राखेर पठनपाठन गराउने र बिचमा छुट्टी नगरी बढीमा दैनिक ५ घण्टा विद्यालय सञ्चालन गर्न विद्यालयलाई सूचना गरिएको जैमिनी नगरपालिकाका शिक्षा शाखा संयोजक खेम प्रसाद आचार्यले जानकारी दिनुभयो । शैक्षिक सत्रको सुरुवात देखिनै जैमिनीमा कोरोनाको असरले विद्यालय बन्द हुँदा विद्यार्थीहरुको शिक्षण सिकाइमा प्रत्यक्ष असर परेकाले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर विद्यालय खोल्ने निर्णय गरिएको उहाको भनाई छ ।

विद्यार्थी धेरै भएका विद्यालयहरुले आलोपालो गरी सञ्चालन गर्नुपर्ने, अनिवार्य मास्क, सेनिटाइजर तथा साबुन पानीले हात धुने ठाउँको व्यवस्था सहित अनिवार्य प्रयोग गराउनुपर्नेछ । प्रत्येक सुरु कक्षाको १५ मिनेट विद्यार्थीहरुलाई कोरोना सम्बन्धी सचेतना दिनुपर्ने नगरपालिकाले नियम बनाएको छ ।

 

May be an image of text


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो