बाल शिक्षक र विद्यालय कर्मचारीलाई तलब बढाउने जैमिनीको निर्णय, यस्तो छ नयाँ तलवमान

याे सामग्री सेअर गर्नुहाेस्

सुजन प्रेमी
बागलुङ, ५ असोज २०७८ ।

बागलुङको जैमिनी नगरपालिकाले बाल शिक्षक र विद्यालय कर्मचारीको तलव बढाउने निर्णय गरेको छ । सोमबार बसेको कार्यपालिकाको बैठकले विद्यालयमा कार्यरत विद्यालय सहयोगी, बालविकास सहजकर्ता र प्रशासन सहायक (लेखापाल) को तलव बढाउने निर्णय गरेको हो ।

यसअघि दिइँदै आएको तलवमानमा थप गरी १५ हजार तलव पुराउने तर ७ हजार स्थानीय पालिकाले थप्नुपर्ने केन्द्र सरकारले बजेट वक्तव्यमा उल्लेख गरेपछि उनिहरुलाई औचित्यको आधारमा तलव बृद्धि गरेको जैमिनी नगरपालिकाले जनाएको छ ।

निर्णय भएपछि अब कक्षा १ देखि ३ र कक्षा १ देखि ५ सम्म भएको. विद्यालयका सहयोगीको तलव १० हजार रुपैयाँ भएको छ भने कक्षा १ देखि ८ सम्म, कक्षा १ देखि १० सम्म, कक्षा र कक्षा १ देखि १२ सम्म सञ्चालन भएको विद्यालयका सहयोगीको तलव १३ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको जैमिनी नगरपालिकाका शिक्षा उप सचिव खेम प्रुाद आचार्यले जानकारी दिनुभयो । अब बालबिकास सहजकर्ताले १५ हजार र विद्यालय सहायक (लेखापाल) ले १८ हजार ५ सय रुपैयाँ तलव पाउनेछन् ।

सोमबार मात्रै जैमिनी नगरपालिकाका नगर प्रमुख ईन्द्रराज पौडेललाई शिक्षकहरुले सरकारले तोके अनुसार औचित्यका आधारमा तलव पाउनुपर्ने माग राख्दै ज्ञापनपत्र बुझाएका थिए ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो