जैमिनीमा रेविज विरुद्धको सप्ताहव्यापी कार्यक्रम सुरु, बजारका छाडा कुकुरलाई खोप लगाइयो

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, १३ असोज २०७८ ।

विश्व रेविज विरुद्धको दिवसको अवसरमा जैमिनीमा कुकुरहरुलाई निशुल्क भ्याक्सिन लगाउन सुरु गरिएको छ । विश्व रेविज विरुद्धको दिवसलाई सप्ताहव्यापी रुपमा मनाउने नीति अनुरुप जैमिनीमा घरपालुवा तथा छाडा कुकुरहरुलाई निशुल्क रेविज विरुद्धको खोप लगाउन सुरु गरिएको हो ।

३ सय ३० वटा कुकुरहरुलाई भ्याक्सिन लगाउने लक्ष्य सहित सप्ताहव्यापी अभियान सुरु गरिएको जैमिनी नगरपालिका पशु सेवा शाखाका प्रमुख कृष्ण प्रसाद ढकालले जानकारी दिनुभयो । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङको सहयोग र जैमिनी नगरपालिका पशु सेवा शाखाको आयोजनामा सुरु भएको निशुल्क भ्याक्सिन अभियानमा प्रत्येक वडाका घरपालुवा कुकुरहरुलाई समावेश गरी खोप लगाइनेछ ।

पशु सेवा शाखा कुश्मिसेराका कर्मचारीहरुले कुश्मिसेरा बजारमा छाडा कुकुरहरुलाई पनि भ्याक्सिन लगाउन जनचेतनामूलक व्यानर सहित बजार परिक्रमा गरेका थिए ।

बजार क्षेत्रका वासिन्दाहरुको घरमा भएका कुकुरहरुलाई पनि सोही समयमा भ्याक्सिन लगाइएको छ । असोज १८ गतेसम्म कार्यक्रम निरन्तर हुने भएकाले सो समयसम्म आफ्ना घरका कुकुरहरुलाई रेविज विरुद्धको खोप लगाउन पशु सेवा शाखाले आग्रह गरेको छ ।

असोज ६ गतेदेखि १२ गतेसम्म रेविज विरुद्धको सप्ताहव्यापी कार्यक्रम मनाइने गरिएको भएपनि असोज १८ गते पशुपंक्षी दिवस परेकाले १२ रेविज विरुद्धको दिवसको अवसरमा खोप लगाउने अभियान सुरु गरी पशुपंक्षी दिवसको अवसरमा सम्पन्न गरिने छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो