सिटिजन लाइफ इन्स्योरेन्स बागलुङद्वारा विभिन्न व्यक्तिहरुलाई सम्मान

याे सामग्री सेअर गर्नुहाेस्

सन्ध्या आचार्य
बागलुङ, १९ असोज २०७८ ।

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बागलुङ शाखाले विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलको विशेष आतिथ्यतामा  विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको हो ।

कम्पनीले दिएको विभिन्न लक्ष पुरा गर्नेहरुलाई अधिक सेवा सहित सम्मान गरिएको सिटिजन लाइफ ईन्स्योरेन्स कम्पनी लिमिटेड बागलुङ शाखाकी शाखा प्रवन्धक कमला चापागाईँले जानकारी दिनुभयो ।  कार्यक्रममा एजेन्सी म्यानेजर धमका, क्लव मेम्बरशिप, हिरो अफ दि मन्थ, टप एक्टिभ पार्टिसिपेन्ट, टप नम्बर पोलिसी पुरा गर्नेहरुलाई मायाको चिनो सहित सम्मान गरिएको थियो ।

कार्यक्रममा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले लक्ष प्राप्ती गरेर सम्मानित हुनेहरुलाई बधाई ज्ञापन गर्दै कम्पनीको सेवा प्रति जानकारी गराउनुभएको थियो । आफ्नो जीवन रक्षाको लागि विमा गर्नुपर्ने भएकाले सबैलाई विमाप्रति आकर्षित गराउनुपर्ने उहाँको सुझाव छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो