केहि बेरमा प्रतिनिधि सभाको बैठक बस्दै, निजामती र रेल्वे विधेयक फिर्ता लिने प्रस्ताव पेश हुने

याे सामग्री सेअर गर्नुहाेस्

काठमाडौं, २२ असोज २०७८ ।

प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक शुक्रबार दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय निजामती सेवा विधेयक–२०७५ फिर्ता लिने प्रस्ताव गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै, प्रधानमन्त्री देउवाले राष्ट्रिय सभामा उत्पत्ति भएर प्रतिनिधिसभामा विचाराधीन ‘रेल्वे विधेयक, २०७६’ फिर्ता लिन राष्ट्रिय सभाको सहमतिको निमित्त प्रतिनिधिसभाको सिफारिश प्राप्त गर्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची पनि रहेको संघीय संसदको महासचिव डा. भरतराज गौतमले जानकारी दिनुभयो ।

यस्तै सत्ता गठबन्धनका चार दलका शीर्ष नेताले मन्त्रालय भागबण्डाकाे टुङ्गो लगाएसँगै आज मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी भएको छ । बालुवाटारमा हिजो बसेको गठबन्धनको बैठकले यस अघि भएको मन्त्रालय बाँडफाँटमा हेरफेर गर्दै सहमति गरेको हो ।

सहमति अनुसार नेपाली कांग्रेसले प्रधानमन्त्रीसहित ८, माओवादी केन्द्रले ५, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीले ४/४ मन्त्रालय पाएका छन् । कांग्रेस, माओवादी र एकीकृत समाजवादीले एक/एक राज्य मन्त्री पनि पाउने सहमति भएको छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो