बरेङको बिहानी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको साधारणसभा तथा अधिवेशन सुरु

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, २३ असोज २०७८ ।

बरेङको बिहानी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो १३ औं वार्षिक साधारण सभा तथा पाचौं अधिवेशन सुरु गरेको छ । कोरोना जोखिमलाई ख्याल गर्दै चार दिनसम्म सञ्चालन गर्नेगरी शुक्रबार देखि संस्थाको साधारणसभा तथा अधिवेशन सुरु गरेको हो ।

साधारण सभा तथा अधिवेशनको बरेङ गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद शर्माले उद्घाटन गर्नुभएको छ । साधारणसभाको उद्घाटन गर्दै अध्यक्ष शर्माले सहकारीले पुराएको योगदानको प्रशंसा गर्नुभयो । ग्रामिण भेगमा सहकारीहरुको महत्वपूर्ण भुमिका हुने भन्दै उहाँले सहकारीहरुले आफ्नो मुल्य र मान्यता अनुरुप काम गर्नुपर्ने बताउनुभयो ।

साधारण सभा तथा अधिवेशन भेग अनुसारका शेयर धनीहरुलाई संस्थाको कार्यलयमा नै उपस्थित गराएर ४ दिनसम्म सञ्चालन गरिने छ । अन्तिम दिन असोज २५ गते शेयर धनिहरुको प्रतिनिधिमूलक उपस्थितिमा संस्थाको पाँचौं अधिवेशन सर्वोदय क्याम्पस बरेङको भवनमा हुने संस्थाका प्रवन्धक शेखर थापाले जानकारी दिनुभयो ।

बरेङ गाउँपालिका १ धुल्लुबाँस्कोट स्थित बरेङ बजारमा अवस्थित संस्थामा ९ सय ६८ जना शेयर सदस्य, १ करोड ७० लाख २ हजार रुपैंयाँ शेयर पुँजी, ६ करोड १३ लाख २० हजार ५ सय ८२ रुपैंयाँ बचत संकलन, ५ करोड ३२ लाख ४६ हजार १ सय रुपैंयाँ कर्जा लगानी र कोष हिसाव ८७ लाख ८७ हजार ६ सय ३७ रुपैंया रहेकोे छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो