साफ च्याम्पियनसिपको उपाधि जित्ने नेपालको लक्ष्य अधुरै, फाइनलमा नेपाल पराजित

याे सामग्री सेअर गर्नुहाेस्

काठमाण्डौ, ३१ असाेज २०७८ ।

साफ च्याम्पियनसिप फुटबलको १३ औँ संस्करणको उपाधि भारतले जितेको छ । माल्दिभ्सको राष्ट्रिय रङ्गशालामा शनिबार राति भएको खेलमा नेपाल भारतसँग ३–० गाेल अन्तरले पराजित भएको हो ।

खेलकाे पहिलो हाफ गोलरहित बराबरी रहेको थियो । भारतले पहिलो हाफलगत्तै दुई मिनेटको अन्तरमा दुई गोल गरेको थियो भने खेलको अन्तिम विन्दुमा पुग्दा अर्को गोल गरेर तीन गोलको अग्रता लियो । खेलको ४८औँ मिनेटमा भारतीय टोलीकाकप्तान सुनिल क्षेत्री र ५०औँ मिनेटमा सुरेश सिंहले गोल गरे भने ८९ मिनेटमा सहाद अब्दुलले गोल गरे ।

यसअघि साफको फाइनलमा पुग्न नसकेको नेपालले यसपटकको साफमा फाइनल पुगेर इतिहास बनाएको थियो । तर उपाधि जितेर अर्को इतिहास बनाउन भने नेपाल चुकेको छ । सन् २०१३ मा नेपालमा भएको साफमा नेपालले भारतलाई २–१ ले पराजित गरेको थियो । त्यसयता भारतविरुद्ध खेलेका ९ मध्ये नेपाल ७ खेलमा पराजित भएको छ भने २ खेल बराबरीमा सकिएका छन् ।

नेपालमाथि हावी भएको भारतले नेपाली पोष्टमा १९ पटक प्रहार गरेको थियो, जसमध्ये ८ सही दिशामा थियो । नेपालले भने सिंगो खेल अवधिभर जम्मा ६ पटक भारतीय पोष्टमा प्रहार गरेको थियो र त्यसमध्ये एउटा मात्र सही दिशामा थियो ।

याे खेलमा हारेसंगै नेपाल उपविजेतामा सिमित रहन पुगेकाे छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो