लात्तीले हानेर श्रीमानले गरे श्रीमतीकाे हत्या, आँगनमा बजारिएर ज्यान गयो

याे सामग्री सेअर गर्नुहाेस्

रसुवा, १ कात्तिक २०७८ । 

लात्तीले हानेर श्रीमानले श्रीमतीकाे हत्या गरेका छन् । रसुवाको नौकुण्ड गाउँपालिका ५ भोर्लेकाे डाँडाटोलमा ७६ वर्षका बुधे गाङताङले ६१ वर्षीया श्रीमती बाटुलीलाई लात्तीले हानेर हत्या गरेका हुन् ।

घरायसी विवाद हुँदा बुधेले आइतवार बिहान साढे ११ बजेको समयमा बाटुलीलाई लात्तीले हान्दा  उहाँ आँगनमा बजारिएर गम्भीर घाइते हुनुभएकाे थियाे । घाइते बाटुलीलाई एम्बुलेन्समार्फत त्रिशूली अस्पताल पुर्‍याइएकाेमा परीक्षणपछि चिकित्सकले मृत घोषणा गरेका थिए ।

घटनाबारे जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय कालिकास्थानबाट पाँच जनाको टोली खटिएर बाटुलीको घर पुगेको प्रहरी नायब उपरीक्षक (डीएसपी) देवेन्द्र पाण्डेले जानकारी दिनुभयाे ।

बाटुलीका श्रीमानलाई  प्रहरीले पक्राउ गरी अनुसन्धान सुरू गरेकाे छ । सामान्य विवादका कारण लात्ताले हानेकाे भएपनि मार्ने याेजना नभएकाे मृतकका श्रीमानले बताएका छन् ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो